शुक्रबार, चैत १६, २०८०
08:38 | १४:२३

यूके तथा युरोपका नियामक भन्छन्-एस्ट्राजेनिका खोप सुरक्षित छ

‘रगत जम्ने’ आधार पाइएन

नेपाली लिङ्क मार्च १८, २०२१

लन्डन । बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनिका कम्पनीद्वारा निर्मित कोभिडविरुद्धको खोप सुरक्षित रहेको यूके र युरोपियन नियामक निकायले आज पुष्टि गरेका छन् ।

अक्सफोर्ड एस्ट्राजेनिका खोपको ’साइड इफेक्ट’ का कारण ‘ब्लड क्लट्स’ अर्थात रगत जम्ने रोग सम्बन्धि कुनै आधार नभेटिएको भर्खरै गरिएको समिक्षाबाट प्रमाणित भएको हो ।

यूके तथा युरोपको नियामक निकाय एमएचआरए र ईएमएले खोपलाई निर्धक्ककासाथ प्रयोग गर्न सुझाव दिएको छ ।

तर, खोपका कारण चार दिन भन्दा बढी समय  टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, पेट तथा छाती दुख्ने, पाखुरा तथा खुट्टा सुन्निने जस्ता  समस्या रहेमा तुरुन्तै चिकित्सकसंग सल्लाह लिन आग्रह गरिएको छ ।

अक्सफोर्ड एस्ट्राजेनिका खोपको ‘साइड इफेक्ट’ का रुपमा रगत जम्ने समस्या देखिएको कारण देखाउँदै विश्वका एक दर्जनभन्दा बढी देशले यसको वितरण कार्य स्थगित गरेका छन् ।

तर विश्व स्वास्थ्य संगठन र युरोपेली मेडिसिन रेगुलेटर एजेन्सीले भने अक्सफोर्ड खोप र रगत जम्ने समस्याका बीच कुनै सम्बन्ध नदेखिएको बताउंदै आएको छ ।

खोप निर्माता कम्पनी एस्ट्राजेनिकाले पनि बेलायतमा यो खोप लिने १ करोड ७० लाख बढी मानिसमध्ये रगत जम्ने समस्या देखिएका ४० भन्दा कम रहेको भन्दै खोपबारे आशंका नगर्न आव्हान गरेको छ  ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू