मंगलबार, असार ३, २०८२
08:17 | १३:०२

प्रा. डा. सुवेदीको ‘पूर्वीय सभ्यतामा मानव अधिकार’ ग्रन्थ बेलायतमा प्रकाशित

नेपाली लिङ्क मार्च १६, २०२१

लन्डन–बेलायतको एक प्रतिष्ठित प्राज्ञिक प्रकाशन गृहले अंग्रेजीमा लेखिएको प्रा. डा. सूर्य प्रसाद सुवेदीको ‘पूर्वीय सभ्यतामा मानव अधिकार’ भन्ने ग्रन्थ प्रकाशन गरेको छ ।

पूर्वीय सभ्यताका मूल्य र मान्यता के हुन्, कसरी इशापूर्वको र औपनिवेशिककाल अघिको पूर्वीय सभ्यताले पाश्चात्य सभ्यतामा प्रभाव पारेको थियो र मानव अधिकारको प्रवर्धनमा पाश्चात्य सभ्यताले कसरी अग्रणी भूमिका निर्बाह गर्न सकेको हो भन्ने विषयमा उक्त ग्रन्थमा प्रकाश पारिएको छ ।

बेलायतको एडवार्ड एलगार भन्ने प्रकाशन गृहले प्रकाशन गरेको उक्त पुस्तकमा प्रा सुवेदीले मानवअधिकारको प्रवर्धनमा आफ्नो अनुभवबारे पनि विवेचना गरेका छन् ।

पूर्वीय सभ्यताको पुनरुत्थान र पुनर्जागरणले पाश्चात्य सभ्यताको देन मानिएको मानव अधिकारको विश्वब्यापी अवधारणालाई कस्तो असर पर्नेछ भन्ने विषय पनि उक्त पुस्तकमा समावेश छ ।

उक्त पुस्तक किन्न यो लिंक क्लिक गर्नुहोस् । उक्त पुस्तक अमेजनमा पनि उपलब्ध छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू