शनिबार, वैशाख ८, २०८१
21:31 | ०२:१६

‘साइड इफेक्ट’को आशंकामा अक्सफोर्ड खोप रोक्ने देशहरु बढ्दै

नेपाली लिङ्क मार्च १५, २०२१


लन्डन । बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनिका कम्पनीद्वारा निर्मित कोभिडविरुद्धको खोप वितरण स्थगित गर्ने देशहरुको संख्या बढ्दै गएको छ ।

अक्सफोर्ड एस्ट्राजेनिका खोपको ’साइड इफेक्ट’ को कारण देखाउँदै विश्वका कयौं देशले यसको वितरण रोकेका छन्  

पछिल्लो क्रममा नेदरल्यान्डले पनि अक्सफोर्ड खोप वितरण हाललाई स्थगित गर्ने निर्णय गरेको छ ।  

नेदरल्यान्डका सरकारी अधिकारीहरुले पूर्व सावधानीस्वरूप मार्च २९ सम्मकालागि खोप वितरण स्थगित गरिएको बताएका छन् ।  

अक्सफोर्ड खोप लिने मानिसहरुमा ’साइड इफेक्ट’ का रुपमा रगत जम्ने समस्या देखिएको भन्दै स्थगन गरिएको हो ।  

आइरिस रिपब्लिक, डेनमार्क, नर्वे, बुल्गेरिया, आइसल्यान्ड, कंगो, थाइल्याण्ड सहितका देशहरुले यसअघि नै अक्सफोर्ड  खोप वितरण रोक्ने निर्णय गरिसकेका छन् ।

त्यस्तै, इटली, अष्ट्रिया लगायतका केही देशले खोपका केही ‘लट’ स्थगित गरेका छन् ।  

तर विश्व स्वास्थ्य संगठन र युरोपेली मेडिसिन रेगुलेटर एजेन्सीले भने अक्सफोर्ड खोप र रगत जम्ने समस्याका बीच कुनै सम्बन्ध नदेखिएको बताएका छन् ।  

खोपको निर्माता कम्पनीले पनि बेलायतमा यो खोप लिने १ करोड ७० लाख बढी मानिसमध्ये रगत जम्ने समस्या देखिएका ४० भन्दा कम रहेको भन्दै खोपबारे आशंका नगर्न आव्हान गरेको छ   

खोप लिने मानिसहरुको तुलनामा आम जनसंख्यामा रगत जम्ने समस्या देखिने अनुपात झन उच्च रहेको युरोपेली मेडिसिन रेगुलेटर एजेन्सीको भनाइ छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू