शुक्रबार, चैत १६, २०८०
20:12 | ०१:५७

बीबीसीका पूर्व पत्रकार शर्माको निधन

नेपाली लिङ्क मार्च १२, २०२१

काठमाडौं–बीबीसी नेपाली सेवाका पूर्व पत्रकार सुशील शर्माको निधन भएको छ । शुक्रबार काठमाडौंको एक अस्पतालमा मृगौला सम्बन्धी रोगका कारण ६३ बर्षको उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

मृगौला रोगबाट पीडित शर्माले करिब डेढ दशक बीबीसी नेपाली सेवामा काम गरेका थिए । उनले सन् २०११ मा वरिष्ठ संवाददाताबाट राजीनामा दिएका थिए ।

बीबीसीभन्दा अगाडि उनले द राइजिङ नेपाल, काठमाडौं पोष्ट लगायत सञ्चारमाध्यममा काम गरेका थिए । शर्माको एक छोरा र श्रीमती छन् ।

समवेदना प्रकट गर्दै पूर्व सहकर्मी-

खगेन्द्र नेपाली – आज मेरा मित्र तथा नेपालका एकजना वस्तुनिष्ठ, जानिफकार, निर्भिक र सम्मानित पत्रकार सुशील शर्माको असामयिक निधनको खबरले मलाई स्तब्ध र मर्माहत् तुल्याएको छ ।

बीबीसी नेपाली सेवामा रहँदा मलाई वहाँसंग एक दशकभन्दाबढि समय सहकार्य गरेको मीठो सम्झना ताजै छ । माओवादी सशस्त्र द्वन्दबारेको वहाँको वस्तुनिष्ठ र अन्वेषणात्मक रिपोर्टिङ नेपाली सेवाकालागि मात्र नभएर बीबीसी विश्व सेवाकैलागि ग्राह्य र महत्वपूर्ण सामग्री हुने गर्दथे ।

वहाँको तिरोधानको यो शोकसन्तप्त घडीमा दिवंगत आत्माक‍‍ो मोक्ष तथा चिरशान्ति कामना गर्नुकासाथै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्नसक्ने शक्ति प्रदान गरून् भनी परमेश्वरसँग प्रार्थना गर्दछु ।अलबिदा सुशीलजी; ॐ शान्ति !!

सुमन खरेल –  सुशील शर्मा करिब १२ बर्ष बीबीसी नेपाली सेवाका नेपाल संवाददाता हुनुहुन्थ्यो । बीबीसी नेपाली सेवाको लोकप्रियता र बिस्तारमा उहाँको योगदान सदा स्मरणीय रहनेछ ।

बेलायत र नेपालमा संगै बिताएका केही पलहरु अब केवल संझनामा सिमित रहन पुगे । उहाँको निधनको खबरले स्तब्ध छौं । भावपूर्ण श्रद्धाञ्जली सुशीलजी ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू