बुधबार, वैशाख १२, २०८१
20:54 | ०१:३९

अल्डरसट शिव मन्दिरका लागि व्यवसायी गिरीको १० हजार ५०० पाउण्ड सहयोग

नेपाली लिङ्क मार्च ११, २०२१


लन्डन । शिव मन्दिर अल्डरसटका ट्रष्टी, बेलायत कै सफल व्यवसायी, पर्वत अन्तरराष्ट्रिय समाजका अध्यक्ष, एनआरएनए अनरेरी काउन्सिल सदस्य एवं एनआरएनए यूके सल्लाहकार पुरन गिरीले आफ्नो छोराको जन्मदिनमा शिव मन्दिरलाई ३५०० पाउण्ड प्रदान गरेका छन् ।

मन्दिरका लागि हालसम्म व्यवसायी गिरीको १० हजार ५०० पाउण्ड सहयोग भएको छ ।

आराध्य देव भगवान शिवजीको विशेष दिनमा छोराको शुभ जन्मदिन परेको र यो विशेष दिनलाई अझै विशेष बनाउने सोचले पुरन गिरी र आमा कुमारी गिरीले उक्त सहयोग गरेका हुन् ।

मन्दिर निर्माण कार्यमा गिरीको निस्वार्थ सहयोगका लागि शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अल्डरसटले आभार व्यक्त गरेको छ । कम्युनिटीको शिव मन्दिर निर्माण कार्य करिब ९४ प्रतिशत सकिइसकेको छ ।

युरोपकै पहिलो नेपाली प्यागोडा शैलीको शिव मन्दिरमा यही हप्ताको शुरुमा नेपाली कलात्मक गजुर राखिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू