शनिबार, वैशाख ८, २०८१
05:50 | १०:३५

बेलायतमा थप दुई नेपालीको कोरोनाबाट निधन

नेपाली लिङ्क मार्च ७, २०२१

लन्डन । कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशमा यो साता थप २ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार यो साता निधन भएका दुवै जना बेलायत बस्दै आएका नेपाली हुन् ।

एनआरएनएले कुल ८६ मृतक संख्या भनेपनि बेलायतमा अहिलेसम्म कति नेपाली कोरोना संक्रमणका कारण दिवंगत भए भन्ने आधिकारिक तथ्यांक न लन्डनस्थित नेपाली दूतावाससंग छ, न एनआरएनएसंग ।

शनिवार साँझसम्म विदेशका ३ सय ४१ जना नेपालीको संक्रमणका कारण निधन भएको छ । हालसम्म २१ देशमा रहेका नेपालीको कोरोना संक्रमणले निधन भएका हो ।

हालसम्म विदेशका विभिन्न ५३ देशमा रहेका नेपालीहरु संक्रमित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार गत वर्ष देखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण हालसम्म सबै भन्दा बढी साउदी अरबमा ८८ जना, बेलायतमा ८६ जना र यूएईमा ५० जना नेपालीको ज्यान गएको छ ।

शनिवार साँझसम्म विभिन्न मुलुकका ६२ हजार ९ सय ८१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार ६ सय २८ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ ।

समितिका अनुसार यो स्वीडेन, मलेसिया, युएई र पोर्चुगलमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू