शुक्रबार, चैत १६, २०८०
14:13 | १९:५८

अल्डरसटका नेपालीलाई बिना अपोइन्टमेन्ट खोपको पुनः अवसर

नेपाली लिङ्क मार्च ५, २०२१

लन्डन । बेलायतको अल्डरसटस्थित नेपालीले बिना ‘अपोइन्टमेन्ट’ नै कोरोनाविरुद्धको खोप लगाउने अवसर सदुपयोग गरेका छन् ।
आज शुक्रबार अल्डरसटको प्रिन्सेस हलमा राखिएको खोप केन्द्रमा करिब एक हजारले खोप लगाएका र यसमा नेपाली पनि उल्लेख्य रहेको ग्रेटर रसमोर नेपलिज कम्युनिटीका निवर्तमान अध्यक्ष जीव बेल्वासेले जनाए ।

बेल्वासेको प्राइमेरी केयर नेटवर्ककी निर्देशक डा. लुइस पेनसंग बैठक तथा फोनवार्तापछि मधुमेह, मिर्गी र मुटु रोग लागेका कुनै पनि नेपाली नागरिकलाई बिना ‘अपोइन्टमेन्ट’ आज खोप दिने व्यवस्था मिलेको थियो । बेल्वासेका अनुसार, लुइससंग भएको पुनः वार्तालापपछि आउंदो शनिबार १३ मार्च २०२१ का दिन पनि प्रिन्सेस हल अल्डरसटमा बिना ‘अपोइन्टमेन्ट’ नै खोप लगाउन पाइने भएको छ ।

बेल्वासले खोप लगाउन बिहान ०८.३० देखि साँझ १७.०० बजे भन्दा अघि नै लाइनमा बसिसक्न अपिल गरेका छन् । खोप लगाउन जांदा आफ्नो नाम, जन्म मिति, ठेगाना र आफूले खाइरहेको औषधिको नाम र पासपोर्ट साथमा लिएर जान समेत बेल्वासेले अनुरोध गरेका छन् ।

उक्त खोप केन्द्रबाट यसअघि पनि कयौं नेपाली वृद्धवृद्धाले खोप लगाउने अवसर पाइसकेका छन् । ग्रेटर रसमोर नेपलिज कम्युनिटी लगायत स्थानीय संघसंस्थाको पहलमा विशेष गरि भूतपूर्व गोर्खा परिवार खोप अवसरबाट लाभान्वित भएका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू