शुक्रबार, वैशाख ७, २०८१
23:13 | ०३:५८

इंग्ल्याण्डका ३९४ पबहरु अप्रिल १२ मा खुल्दै  

नेपाली लिङ्क मार्च ५, २०२१

लन्डन । इंग्ल्याण्डमा जारी लकडाउनका कारण हाल बन्द रहेका केही पबहरु अप्रिल १२ बाट खुल्ने भएका छन् । बेलायतको जाइन्ट पब ग्रुप  ‘जेडी वेदरस्पुन’ का प्रमुखले अप्रिल १२ बाट सो कम्पनी अन्तर्गतका ३९४ शाखाबाट आउटडोर सेवा सुचारु हुने जानकारी दिए ।

आइतबारदेखि बिहीबारसम्म बिहान ९ बाट राती ९ बजेसम्म र शुक्रबार र शनिबार बिहान ९ बजेदेखि राती १० बजेसम्म पब खुल्ला गरिने कम्पनीले बताएको छ ।

ग्राहकहरुले ‘वेदरस्पुन’ मोबाइल एप्समार्फत अर्डर गर्न सक्नेछन् र स्टाफले टेबलमा नै भुक्तानी लिनेछन् । ग्राहकहरु शौचालय प्रयोगको लागि मात्र भित्र प्रवेश गर्न पाउनेछन् । कम्पनीले अनिवार्य रुपमा  ‘टेस्ट एण्ड ट्रेस’ तथा ह्याण्ड स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ ।

बेलायतमा ८७५ वटा शाखा विस्तार गरेको वेदरस्पुनको इंग्ल्याण्डमा मात्र ७५० वटा आउटलेट छन् । कम्पनीका कार्यकारी प्रमुख जोन हट्सनले ग्राहहरुको स्वागत गर्न प्रतिक्षारत रहेको बताए ।

लकडाउनका कारण संकटग्रस्त हस्पिटालिटी व्यवसाय आउंदो अप्रिल १२ देखि निश्चित मापदण्ड पूरा गरि सञ्चालन गर्न सक्ने गत फेब्रुअरी २२ मा प्रधानमन्त्री बोरिस जोन्सनको मार्गचित्रमा प्रस्तुत गरिएको थियो ।

प्रधानमन्त्री जोन्सनले हाल जारी लकडाउन विभिन्न चरणमा खुकुलो पार्दै लैजाने घोषणा गरेका थिए ।

लकडाउन खुला गर्ने दोस्रो चरण अन्तर्गत अप्रिल १२ देखि अहिले बन्द रहेका अत्यावश्यकबाहेकका सबै ‘रिटेल’, जिम, हेयर ड्रेसर, आउटडोर हस्पिटालिटी व्यवसाय, लाइब्रेरी, संग्रहालय, बियर गार्डेन, थिम पार्क लगायत सार्वजनिक स्थलहरु पनि खुला गरिनेछ ।

मे १७ देखि धेरै व्यवसायहरु खुल्नुका साथै ‘सामाजिक सम्पर्क’ माथिका अधिकांश बन्देज हटाइने भएको छ । पब, रेष्टुरेन्ट लगायत हस्पिटालिटी क्षेत्र पनि यही चरणमा सुचारु गरिंदैछ ।

कोरोना संक्रमण दर, मृत्यु दर र अस्पताल भर्ना हुनेको संख्या नियन्त्रण भए जुन २१ देखि अहिले लागू सबै प्रतिवन्ध हटाइ इंग्ल्याण्ड लकडाउनमुक्त गर्ने सरकारको योजना छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू