शनिबार, वैशाख ८, २०८१
04:02 | ०८:४७

सरकार-विप्लव सहमतिको नेकपा बेलायतद्वारा स्वागत

नेपाली लिङ्क मार्च ४, २०२१


लन्डन । सशस्त्र विद्रोहमा संलग्न विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण राजनीतिमा फर्काउने गरी भएको सहमतिको नेकपा बेलायतले स्वागत गरेको छ ।  

नेकपा ओली समर्थक प्रवासी नेपाली एकता मञ्च यूकेले बिहीबार एक वक्तव्य जारी गर्दै सरकार र विप्लव समूहबीचको सहमतिको स्वागत गरेको हो ।  

मञ्चका अध्यक्ष भक्त गुरुङ र महासचिव सुरेशजंग शाहले जारी गरेको वक्तव्यमा विप्लव समूहले हिंसाको राजनीति त्यागी देशको राष्ट्रिय राजनीतिमा शान्तिपूर्ण अवतरणमा आउने सम्झौता भएकोमा मञ्चका तर्फबाट स्वागत गरिएको छ ।  

‘दुवै वार्ता टोलीका नेतृत्वकर्ता नेता लगायत सदस्यहरुमा आभार प्रकट गर्दै नेकपा विप्लवलाई हिंसाको बाटो त्यागी शान्तिपूर्ण राजनीतिमा ल्याउन नेपाल सरकारले गरेको सार्थक प्रयास सफल भएकोमा नेपाल सरकारको हार्दिक सरहना  गर्दछौं’, वक्तव्यमा उल्लेख छ ।  

हेरौं वक्तव्य :

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू