बुधबार, वैशाख १२, २०८१
08:19 | १३:०४

सारांशमा बेलायतको नयाँ बजेट (१८ बुँदा)

'फर्लो', 'रिस्टार्ट ग्रयान्ट', 'रिकभरी लोन'

नेपाली लिङ्क मार्च ३, २०२१

लन्डन । बुधबार बेलायतका अर्थमन्त्री ऋषि सुनाकले आगामी आर्थिक वर्षका लागि सरकारको वार्षिक बजेट प्रस्तुत गरेका छन् ।

आम सर्वसाधारण तथा व्यवसायहरुलाई चासो र सरोकार रहने खालका बजेटका मुख्य मुख्य बुंदालाई लण्डनस्थित ‘एसएनपी प्लस एकाउन्टेन्ट्स एण्ड ट्याक्स एड्भाइजरर्स’ का निर्देशक एवम चार्टर एकाउन्टेन्ट समिरनाथ प्याकुरेलले निम्न १८ बुंदामा सूचीकृत गरेका छन् ।

१) ८० प्रतिशत तलबको ‘फर्लो स्किम’ सेप्टेम्बरसम्म लम्बिने, जुनसम्म ८० प्रतिशत नै सरकारले व्यहोर्ने, जुलाईमा १० प्रतिशत र अगस्ट-सेप्टेम्बरमा २० प्रतिशत कम्पनीलाई योगदान गर्न आव्हान गर्ने ।

२) ‘सेल्फ इम्प्लोइड इनकम सर्पोट स्किम’ सेप्टेम्बरसम्म लम्बिने । मार्च २ सम्म २०१९ २०२० को ‘ट्याक्स रिटर्न’ फाइल गर्नेले समेत यो सुविधा आवेदन गर्न पाउने ।

३) इंग्ल्याण्ड र नर्दन आयरल्याण्डमा घर किन्दा बुझाउनुपर्ने स्टयाम्प ड्युटी ल्यान्ड ट्याक्स शीर्षकको करमा दिइएको छुट जुनसम्म निरन्तर हुने । त्यसपछि चरणबद्ध रुपमा मात्रै पूरा शुल्क लागू गरिने ।

४) पहिलो पटक घर किन्दा ५ प्रतिशत डिपोजिट राख्न सक्नेलाई बाँकी ९५ प्रतिशत मोर्गेज दिलाउन सरकार ग्यारेन्टी बस्ने ।

५) हस्पिटालिटी, सोसल केयर, जिम लगायतका व्यवसायलाई १८ हजार र अत्यावश्यक बाहेकका रिटेल व्यवसायलाई ६ हजारपाउण्डसम्मको ‘रिस्टार्ट ग्रयान्ट’ दिइने ।

६) युनिभर्सल टयाक्स क्रेडिटमा साप्ताहिक २० प्रतिशतको वृद्धि आउँदो सेप्टेम्बरसम्म निरन्तर रहने ।

७) हस्पिटालिटी, होटेल तथा पर्यटन व्यवसायका लागि ५ प्रतिशतमा झारिएको ‘भिएटी’ सेप्टेम्बरसम्म कायम राखिने, त्यसपछि ६ महिना १२ दशमलव ५ प्रतिशत हुने र अप्रिल २०२२ बाट मात्रै पूरै २० प्रतिशत लाग्ने ।

८) कन्टयाकलेस कार्ड पेमेन्टको लिगल लिमिट ४५ बाट बढाएर १०० पाउण्ड पुरयाइने

९) साना तथा मझौला कम्पनीहरुले आफ्ना कामदारको लागि २ हप्ताको ‘सिक पे’ सरकारबाट दाबी गर्न पाउने

१०) आयकर तिर्न नपर्ने वार्षिक आम्दानीको थ्रेसहोल्डलाई सन् २०२२ देखि २०२६ सम्म १२ हजार ५ सय ७० पाउण्डमा सिमित गरिने ।

११) सन् २०२३ देखि २ लाख ५० हजारभन्दा माथि मुनाफा हुने कम्पनीलाई कर्पोरेसन कर अहिलेको १९ प्रतिशतबाट बढाएर २५ प्रतिशत लगाइने । ५० हजार पाउण्डभित्र वार्षिक नाफा हुने कम्पनीलाई अहिलेकै १९ प्रतिशत लागू हुने ।

१२) ‘इनहेरिटेन्स टयाक्स’ को थ्रेसहोल्ड अप्रिल २०२६ सम्म यथावत रहने

१३) इन्धन तथा मादकपदार्थको कर गत वर्षजस्तै यथावत हुने

१४) कुनै पनि व्यवसायले आफूलाई अुनकुल हुने खालको नयां यन्त्र वा औजारहरु खरिद गर्नुपर्ने भएमा पुरानो ‘मेन रेट’ मा परेकाहरुको हकमा एकसय ३० प्रतिशत (क्यापिटल एलाउन्स) दावी गर्न पाउने र स्पेशल रेटमा पर्ने यन्त्र वा औजारहरु नयां खरिदमा ५० प्रतिशत क्यापिटल एलाउन्स दावी गर्न पाउने । यो १ अप्रिल २०२१ देखि ३१ मार्च २०२३ सम्म खरिद गरेको हुनुपर्नेछ ।

१५ ) एडल्ट आइसा (इन्भेस्टमेन्ट सेभिङ एकाउन्ट) को वार्षिक बचत सीमा २० हजार पाउण्ड नै कायम राखिने ।

१६) अप्रिल २०२१ बाट न्यूनतम ज्याला ८ पाउण्ड ९१ पेन्स प्रतिघण्टा हुने ।

१७) व्यवसायहरुले नयाँ ‘रिकभरी लोन’ अन्तर्गत २५ हजार पाउण्डदेखि १० मिलियन पाउण्डसम्म ऋण लिन सक्ने । जसको ८० प्रतिशतका लागि सरकार ग्यारेन्टी बस्ने ।

१८) कोभिड प्रभावित व्यवसायको लागि दिइएको बिजनेस रेट होलिडे आगामी जुनसम्म कायम राखिने । त्यसपछिका बाँकी ६महिना एक तिहाई छुट दिइने ।

यो पनि पढौं : बेलायती बजेट २०२१: कस्ता छन् मुख्य घोषणा ?

यो पनि पढौं : बेलायत सरकारको बजेट घोषणाः महामारीपछिको ‘रिकभरी’ केन्द्रमा

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू