लन्डनबाट धिरेन र शर्मिलाको म्यूजिक भिडियो ‘आकाशको जून’


लन्डन । चर्चित कलाकार धिरेन शाक्य र शर्मिला राईको उत्कृष्ट अभिनय रहेको नयाँ म्यूजिक भिडियो ‘आकाशको जून’ सार्वजनिक भएको छ।
सौगातजंग थापाको युट्युब च्यानलमार्फत सार्वजनिक यो म्यूजिक भिडियोले छोटो समयमा नै असंख्य प्रतिक्रिया र प्रशंसा बटुलेको छ।
गायक सौगातजंग थापा र गायिका समाना घतानेको सुमधुर स्वरमा तयार गरिएको यो गीतले माया प्रेमको भावनात्मक कथा प्रस्तुत गरेको छ।
गीतको शब्द अभिनाष थापा र संगीत स्वयं सौगातजंगकै छ । भिडियो निर्देशन, सम्पादन र छायांकन कुशल श्रेष्ठले गरेका हुन् जसमा पोष्ट प्रोडक्सनको भूमिका केके फिल्मस् एन्ड मिडियाले निर्वाह गरेको छ ।
भिडियो छायांकन लन्डन टावर ब्रीजलगायत विभिन्न आकर्षक स्थलमा गरिएको छ, जसले गीतको भावनालाई अझ प्रभावकारी र जीवन्त बनाएको छ ।
भूपू गोर्खा परिवारमा हुर्केकी शर्मिला राईले बेलायतमा रहेर पनि नेपाली कला संगीतलाई विश्वभर फैलाउने लक्ष्य राखेकी छन् । उनले यसअघि अभिनय गरेको नेपाली चलचित्र ‘पहिचान’ आउँदो मंसिर ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
‘आकाशको जून’ म्यूजिक भिडियो हेरेर सुझाव र प्रतिक्रिया दिई आफ्नो यात्रामा हौसला प्रदान गरिदिन कलाकार राईको आग्रह छ ।
म्यूजिक भिडियो ‘आकाशको जून’-
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५




