सोमबार, १३ अक्टोबर, २०२५
00:03 | ०४:४८

होली काउले जित्यो लन्डन क्षेत्रमा ‘बेस्ट रेस्टुरेन्ट’ को अवार्ड

नेपाली लिङ्क अक्टोबर १२, २०२५


लन्डन- झन्डै दुई दशकदेखि लन्डनमा स्वादिष्ट नेपाली तथा इन्डियन खानाका लागि चिनिएको ‘होली काउ’ ग्रुपद्वारा संचालित फाइन डाइन रेस्टुरेन्टले ‘बेस्ट रेस्टुरेन्ट’ को अवार्ड जितेको छ।

आइतबार बेलुका रेडिङ सहरमा आयोजित ‘इंग्ल्याण्ड्स अवार्ड्स २०२५’ मा उक्त पुरस्कार घोषणा गरिएको थियो।

मतदाताहरुले गरेको भोट, कम्पनीले तिरेको कर, कर्मचारी संख्या, समुदायमा योगदान लगायत आधारमा पुरष्कृत व्यवसायहरुको छनोट गरिएको आयोजकले बताए ।

“कडा प्रतिस्पर्द्धाबीच यस्तो प्रतिष्ठित अवार्ड पाउँदा हामी अत्यन्तै खुसी छौं,” होली काउ ग्रुपका अध्यक्ष कुल आचार्यले भने।

उनले उक्त प्रतिस्पर्धामा भोट गरेर सहयोग गर्ने सबै मित्र, शुभेच्छुक र सहयोगीहरुलाई धन्यवाद तथा आभार पनि व्यक्त गरे ।

सन् १९६५ मा उक्त अवार्डलाई क्विन्स अवार्ड्स फर इन्टरप्राइज भनिन्थ्यो भने सन् २०२२ देखि उक्त अवार्डको नामकरण किंग्स अवार्ड्स फर इन्टरप्राइज गरिएको छ।

झन्डै २० वर्ष पहिले स्थापना गरिएको होली काउ समूह अन्तर्गतका रेस्टुरेन्ट तथा टेक अवेहरुमा झन्डै १२० जना कर्मचारी कार्यरत छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू