मंगलबार, वैशाख ४, २०८१
10:47 | १५:३२

साझा नेपाली समाज यूकेको जनगणना सम्बन्धी जनचेतनामूलक कार्यक्रम

नेपाली लिङ्क मार्च १, २०२१

लन्डन । साझा नेपाली समाज यूके (मिडल्याण्ड) ले फेब्रुअरी २८ का दिन मिडल्याण्डस्थित 
संघसंस्था, सामाजिक अभियन्ता एवं व्यक्तिबीच जनगणना सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ ।

इथ्नीक माइनोरिटीमा ‘नेपाली’ सहितको पहिचान स्थापित गर्न सबै नेपाली सहभागी हुन् भन्ने अभियानका लागि जनचेतना मूलक कार्यक्रममा मिडल्याण्डका नेपाली पनि लागिपरेका छन् ।

हरेक १० वर्षमा बेलायतभर हुने राष्ट्रिय जनगणना 
आउंदो मार्च २१ मा हुन गइरहेको छ ।

आइतबार बिहान ११ बजे शुरु भएको उक्त कार्यक्रमको सभापतित्व साझाका अध्यक्ष महेश अधिकारीले गरेका थिए । साझाका उपाध्यक्ष नारायण फुंयालले उपस्थित सबैलाई हार्दिक स्वागत गरेका थिए । महासचिव मिलन सापकोटाले शुरु गरेपछि उक्त कार्यक्रम सल्लाहकार गोविन्द खरेलले चलाएका थिए ।

कार्यक्रममा मिडल्याण्डका ५० जना भन्दा बढी सहभागी थिए ।

कार्यक्रमकी प्रमुख अतिथि एनआरएनए यूके अध्यक्ष श्रीमती पुनम गुरुङले मिडल्याण्डवासीको साथ र सहयोगले इंग्ल्याण्ड राज्यसमितिको जनगणनामा नेपाली लेख्ने अभियानले सार्थकता पाउने विश्वास व्यक्त गरिन् ।

उनले सदाझैं यसपटक पनि साझा एवं मिडल्याण्डवासीले एनआरएनए अभियानलाई ‘होस्टेमा हैंसे’ गरेकोमा कृतज्ञता समेत प्रकट गरिन् । एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । एनआरएनए यूके उपाध्यक्ष रोजिना प्रधान राईले साझाको कार्यक्रमले मिडल्याण्डवासी नेपाली सबै समेटिने विश्वास व्यक्त गरिन् ।

विशेष अतिथिको आसनबाट बोल्दै इंग्ल्याण्ड राज्यसमितिका अध्यक्ष दीपक श्रेष्ठले जनगणनामा गैर आवासीय नेपाली संघ यूके इंग्ल्याण्ड राज्य समन्वय परिषद्को सेन्सस २०२१ मा ‘इथ्नीक ग्रुप’ मा नेपाली लेख्ने अभियानलाई मिडल्यान्डवासीको साथले सफलता मिल्ने विश्वास व्यक्त गरे ।

नेपालीको उल्लेख्य संख्या पुगे मात्रै इथ्नीक समूहमा दर्ज भइने बताउंदै उनले बेलायतका हरेक क्षेत्रमा रहेका नेपाली नछुटुन भन्ने उद्देश्यका साथ आफू र इंग्ल्याण्ड राज्यसमिति दिनरात लागिपरेको बताए ।

कार्यक्रममा एनआरएनए आइसीसी सदस्य दयानिधि सापकोटा, समाजसेवीहरु रणबहादुर केसी, राजु कंडेल, केशव भण्डारी, तारानाथ भण्डारी, पशुपति पोखरेल, पवन शर्मा, रुद्र खरेल, बलराम चापागाई, दिपक सापकोटा, गोमा पौडेल, भीम सारु, कोश्लेश्वर ढकाल, लक्ष्मण गौतम, दिलाराम गौतम, बिष्णु चालिसे, रविन्द्र शर्मा प्रवीण खरेल, कृष्ण खरेल, सशांक शर्मा, रामप्रसाद न्यौपाने लगायत वक्ताले सूचनामूलक कार्यक्रम चलाएकोमा साझालाई धन्यवाद दिए ।

उक्त कार्यक्रममा सेन्टर फर नेपाल स्टडिज यूकेका संस्थापक डा. कृष्ण अधिकारी र ओएनएस प्रतिनिधि समिर गुरुङले जनगणना सम्बन्धी विस्तृत विवरण, भर्ने तरिका, सहभागीहरुका जिज्ञासाको जवाफ एवं ‘इथ्नीक ग्रुप’ मा नेपाली पर्नुको महत्वबारे प्रकाश पारेका थिए ।

तीन घण्टाभन्दा बढी समय चलेको उक्त कार्यक्रमको अन्त्यमा साझाका अध्यक्ष महेश अधिकारीले सहभागी सबैप्रति कृतज्ञता प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू