शुक्रबार, वैशाख १०, २०७८
21:02 | ०१:४७

बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा सारियो

रासस-एएफपी मार्च १, २०२१

लण्डन । बेलायती राजकुमार फिलिपलाई सोमबार अर्को अस्पतालमा स्थानान्तरण गरिएको छ ।

बेलायती महामारी एलिजावेथ द्धितीयका ९९ बर्षीय श्रीमान् फिलिपको झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार भइरहेको थियो । उनलाई मुटुसम्वन्धी समस्या देखिएपछि मुटु परीक्षण समेत गरिएको छ ।

स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनलाई अर्को अस्पताल स्थानान्तरण गरिएको राजदरबारका अधिकारीहरुले जनाएका छन् ।

लण्डनस्थित ‘किङ एडवार्ड सेभेन’ अस्पतालबाट उनलाई राज्यद्वारा सञ्चालित सेन्ट बर्थोलोमेज अस्पतालमा स्थानान्तरण गरिएको हो ।

“मुटुको अवस्थाकाबारेमा निगरानी गर्दै चिकित्सकहरूले थप उपचारलाई अगाडि बढाएका छन्,” एक अधिकारीले भने । उहाँको मुटुमा संक्रमण  देखिएको बताइएको छ ।

राजकुमार फिलिपले आउँदो जुन १० मा १०० औँ जन्मोत्सव मनाउने तयारी छ । उनकी श्रीमती तथा महारानी एलिजावेथ द्धितीय भने अहिले ९४ बर्ष पुगेकी छन्  ।

उनिहरु दुवै जनाले गत जनवरी ९ तारिखमा कोरोनाविरुद्धको खोप लगाएका थिए  ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू