शुक्रबार, वैशाख १०, २०७८
05:40 | १०:२५

‘वनमा खयर’ संगै एक दशकपछि दुलालको आगमन

रासस फ्रेब्रवरी २८, २०२१

काठमाडौँ । लोकदोहोरी गायक घमेश दुलालको एक दशकपछि नेपाली लोकदोहोरी क्षेत्रमा पुनरागमन भएको छ ।

चर्चित गीत ‘नारायणथानमा गेट’, ‘दमौलीमा गेट’, ‘घर हाम्रो रामेछाप’, ‘आमाको आशीर्वाद’, ‘अन्तिम चिट्ठी’ आदि गरी दर्जनौँ गीत गाएर स्रोता तथा दर्शकको मन जित्न सफल दुलालले झण्डै ११ वर्षपछि ‘वनमा खयर’ बोलको लोकदोहोरी गीत ल्याएका हुन् ।

सो गीतमा उनलाई युवा पुस्ताकी गायिका प्रविशा अधिकारीले साथ दिएकी छन् । शिव हमालको  शब्द रचना र गायक तथा संगीतकार प्रभावन जेको सङ्गीत छ । गीतको सङ्गीत संयोजन एरेन्जर कमल सौरागले गरेका छन्  ।

गीतको भिडियोमा कलाकार बुद्धि तामाङ, सत्यकला बम्जन र पुरु सिग्देलको अभिनय छ । वरिष्ठ नृत्य निर्देशक कमल राईले गीतको भिडियो निर्देशन गरेका छन्  भने छायाङ्कन हरीश मेहेरा, कलर तथा सम्पादन डिनशन शाहले गरेका छन्  ।

गीत डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू