शुक्रबार, वैशाख १४, २०८१
21:57 | ०२:४२

बेलायतमा थप २९० संक्रमितको मृत्यु

७ हजार ४३४ नयां संक्रमित

नेपाली लिङ्क फ्रेब्रवरी २७, २०२१

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप २९० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससंगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २२ हजार ७०५ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ७ हजार ४३४ जना नयां संक्रमित थपिएका छन् । संक्रमित संख्या सन् २०२१ शुरु भएयताकै सबैभन्दा कम हो । थपिएका नयां संक्रमितसंगै बेलायतमा संक्रमितको संख्या ४१ लाख ७० हजार ५१९ पुगेको छ ।

कडा प्रतिबन्धका कारण नयां संक्रमित दरमा दैनिक ६ प्रतिशतले ह्रास आएको अधिकारीहरुले बताएका छन् । हाल बेलायतको संक्रमण मापन (आर) दर ०.६ देखि ०.९ को बीचमा छ ।

बेलायतका अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या घटेर १४ हजार ८०८ मा झरेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार ९७१ छ ।

एक करोड ९६ लाख बढीले लगाए खोप

बेलायतमा हालसम्म दुई करोड भन्दा बढी डोज भ्याक्सिन वितरण भैसकेको छ । शनिबारसम्म  खोपको पहिलो तथा दोस्रो डोज लगाउनेको कुल संख्या दुई करोड ४ लाख ५० हजार ८५८ पुगेको छ ।

कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा एक करोड ९६ लाख ८२  हजार ४८ जनाले पहिलो डोज लिएका छन् । यसैगरी ७ लाख ६८  हजार ८१० जनाले खोपको दोस्रो डोज लिएका छन् ।

कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले खोपलाई थप प्रभावकारी बनाउन चांडै ४० वर्ष उमेर पुगेकालाई खोप वितरण गरिने बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू