शुक्रबार, वैशाख २१, २०८१
16:07 | २०:५२

लन्डनमा अग्रपंक्तिकी नेपाली नर्स छाइन् ‘पोट्रेट एक्जिविसन’ मा

नेपाली लिङ्क फ्रेब्रवरी २७, २०२१

लन्डन । बेलायतमा कोभिड १९ महामारी उत्कर्षमा पुगिरहेका बेला विशेषगरि डाक्टर, नर्स निकै ‘प्रेसर’ मा रहे । बिरामी बचाउनुपर्ने चिन्ता, आफ्नो चिन्ता । नयां रोगबारे धेरै अनभिज्ञ र अलमलमा थिए । तर अग्रपंक्तिमा काम गर्ने भएपछि ति चुनौति सामना गर्नुको विकल्प थिएन । घर परिवार नभनि दिनरात काम गरेर त्यो त्रासदी अब हट्ने क्रममा छ, विश्वलाई नै आक्रान्त पारेको कोरोना भाइरस पनि अहिले खोप आएसंगै कमजोर बनिरहेको छ ।

साउथ वेष्ट लन्डनस्थित सेन्ट जोर्जेज हस्पिटलकी सिनियर नर्स रिमा कंडेलको भोगाइ पनि त्यस्तै थियो । दिनको १२ घण्टा काम त सामान्य । त्यो कडा परिश्रमबीच उनले एउटा ‘सरप्राइज रिटर्न’ पाएकी छन् । अर्थात उनी सोही अस्पतालको ‘आउटडोर फोटोग्राफिक पोट्रेट एक्जिविसन’ मा छाएकी छन् ।

उक्त अस्पतालमा कार्यरत ६ हजार बढी कर्मचारी मध्ये ४३ जना छानिएकामा उनी पनि एक हुन् । ‘मलाई त यसबारे केही थाहा नै थिएन’, रिमाले नेपालीलिंकसंग भनिन्, ‘एनएचएसले इमेल गरेपछिमात्र थाहा भयो । ज्यादै खुशी छु । अस्पतालको यस्तो रिकग्जिसनले पेशाप्रति थप प्रतिवद्ध हुन प्रेरित गर्छ ।’

अस्पताल प्रवेश गर्ने ब्ल्याकस रोडमा आउंदो अप्रिल ३० सम्म रहनेछ प्रदर्शनी । ‘कोभिड फेस बिहाइन्ड त माक्स’ अर्थात अस्पतालका ‘फ्रन्टलाइनर’ पनि मानव नै हुन् । उनीहरुको आफ्नै जीवन छ, ‘इमोशन’ छ भन्ने भावसहित अस्पतालले फ्रन्टलाइन कर्मचारीको सम्मान गरेको हो ।

सन् २०११ देखि उक्त अस्पतालमा कार्डियो थोरासिक थिएटरमा कार्यरत रिमा गत वर्ष मात्र प्राक्टिस एजुकेटर भएकी थिइन् ।

सन् २००५ देखि लन्डनमा नर्सिङ पेशामा आवद्ध उनी यो पेशा सन्तोषजनक भएको बताउंछिन् । ‘शुरुका दिनमा त पक्कै पनि संघर्ष थियो तर अहिले यसबाट खुशी छु’, उनी भन्छिन् ।

सेन्ट जोर्जेज हस्पिटलले साउथवेष्ट लन्डनका झण्डै १३ लाख र सरे अनि ससेक्स काउन्टीका झण्डै ३५ लाख मानिसलाई स्वास्थ्यसेवा दिइरहेको छ । यसमा झण्डै एकहजार बेड छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू