शनिबार, वैशाख ८, २०८१
22:14 | ०२:५९

बेलायतमा कोरोनाका मृतक संख्या एक लाख २२ हजार नाघ्यो  

नेपाली लिङ्क फ्रेब्रवरी २५, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २२ हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ३२३ संक्रमितको मृत्यु भएको छ ।

यससंगै बेलायतमा कुल मृतक संख्या एक लाख २२ हजार ७० पुगेको छ । यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ९ हजार ९८५ जना नयां संक्रमित थपिएका छन् । नयां संक्रमितसंगै बेलायतमा संक्रमितको संख्या ४१ लाख ५४ हजार ५६२ पुगेको छ ।

हाल बेलायतमा कोरोना संक्रमण दरमा कमी आएसंगे केहि दिनयता मृतक संख्या पनि दैनिक पांच सय भन्दा कम हुने गरेको छ । बेलायतका अस्पतालमा उपचार गरिरहेका कोरोना संक्रमितको संख्या घटेर १६ हजार ५९ मा झरेको छ ।

यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या पनि दुई हजार ११८ पुगेको छ ।

एक करोड ८६ लाख बढीले लगाए खोप

बेलायतमा कोरोना विरुद्धको खोप अभियान शुरु भएयता एक करोड ८६ लाख बढीले खोप लगाएका छन् । बिहीबार सार्वजनिक तथ्याँक अनुसार हालसम्म एक करोड ८६ लाख ९१ हजार ८३५ जनाले खोपको पहिलो डोज लिएका छन् ।

यसैगरी ७ लाख ७१८ जनाले खोपको दोस्रो डोज समेत लिइसकेका छन् । हाल बेलायतमा ६५ देखि ६९ वर्षबीचकालाई खोप वितरण भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू