शुक्रबार, वैशाख १४, २०८१
09:46 | १४:३१

बेलायतका लागि नवनियुक्त राजदूत रेग्मीले लिए सपथ

अर्को सातासम्म बेलायत आइपुग्ने

नेपाली लिङ्क फ्रेब्रवरी २५, २०२१

काठमाडौं । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

बिहीबार राष्ट्रपति कार्यलयमा आयोजित सपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई सपथ ग्रहण गराएकी हुन् ।

यस्तै, दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूत डा. निर्मलकुमार विश्वकर्माले पनि पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

सपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पनि उपस्थिति रहेको राष्ट्रपति कार्यलयले जनाएको छ ।

बेलायतका लागि नयाँ राजदूतमा नियुक्त भएका रेग्मी नेपाल सरकारका निवर्तमान मुख्यसचिव हुन् । उनी गत जनवरी १८ तारिखमा बेलायतको नयाँ नेपाली राजदूत नियुक्त भएका हुन् ।

लन्डनस्थित नेपाली दूतावास स्रोतका अनुसार नवनियुक्त राजदूत रेग्मी अर्को सातासम्म बेलायत आइपुग्नेछन् ।

यसअघि निवर्तमान राजदूत डा दुर्गाबहादुर सुवेदी आफ्नो कार्यकाल पूरा गरी केही साताअघि नै नेपाल फर्किसकेका छन् । सुवेदी फर्किएपछि दूतावासकी उपनियोग प्रमुख रोशन खनाल कार्यवाहक राजदूतको भूमिकामा छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू