बिहीबार, वैशाख १३, २०८१
18:20 | २३:०५

बेलायतमा थप ५४८ को मृत्यु  

८ हजार ४८९ नयां संक्रमित

नेपाली लिङ्क फ्रेब्रवरी २३, २०२१

लन्डन । पछिल्लो २४ घन्टामा बेलायतमा थप ५४८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्ला केहि दिनयता पांच सय भन्दा कम मृतक संख्या रहेपनि मंगलबार भने मृतक संख्या पांच सय नाघेको छ ।

यससंगै बेलायतमा कुल मृतक संख्या एक लाख २१ हजार ३०५ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ ।

यसैगरी बितेको २४ घन्टामा थप ८ हजार ४८९ जना नयां संक्रमित थपिएका छन् । थपिएका नयां संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ४१ लाख ३४ हजार ६३९ पुगेको छ ।

अस्पतालमा उपचार गराउनेको संख्यामा पनि निरन्तर कमी आउदै गएको छ । हाल बेलायतका उपचार गरिरहेका कोरोना संक्रमितको संख्या १६ हजार ७९७ मा झरेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या पनि दुई हजार २७३ पुगेको छ ।

एक करोड ७९ लाख बढीले लगाए खोप

बेलायतमा कोरोना विरुद्धको खोप अभियान शुरु भएयता एक करोड ७९ लाख बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । मंगलबार सार्वजनिक तथ्याँक अनुसार हालसम्म एक करोड ७९ लाख १६ हजार १८१ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिएका छन् ।

यसैगरी छ लाख ४२ हजार ७८८ जनाले खोपको दोस्रो डोज समेत लिइसकेका छन् । हाल बेलायतमा ६५ देखि ६९ वर्षबीचकालाई खोप वितरण गरिंदैछ ।

संक्रमण दरमा आएको कमीसंगै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले चरणवद्ध रुपमा हाल जारी लकडाउनलाई हटाउँदै जाने सम्बन्धमा सोमबार घोषणा गरेका छन् ।

प्रधानमन्त्रीद्वारा जारी ६८ पृष्ठ लामो मार्गचित्रमा आउँदो मार्च ८ तारिख, मार्च २९, अप्रिल १२ र मे १७ मा गरि विभिन्न चारवटा चरणमा लकडाउन खोलिने बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू