शनिबार, वैशाख १५, २०८१
00:57 | ०५:४२

सर्वोच्चको फैसलाको स्वागत गर्दै बेलायतबाट प्रधानमन्त्री ओलीको राजिनामा माग

नेपाली लिङ्क फ्रेब्रवरी २३, २०२१

लन्डन । नेकपा अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल समर्थक प्रवासी नेपाली एकता मञ्च बेलायतले प्रतिनिधिसभा विघटनलाई बदर गर्ने सर्वोच्चको फैसलाको स्वागत गरेको छ ।

मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनी र सचिव सुरेश गौतमले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै फैसलाको स्वागतसहित प्रधानमन्त्री केपी ओलीको राजिनामा समेत माग गरेका छन् ।

राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री ओलीको सिफारिसमा गत २०७७ पुष ५ गते प्रतिनिधिसभा विघटन गरेकामा सर्वोच्च अदालतले बदर गर्ने फैसला गरेको थियो ।

मञ्चले प्रधानमन्त्री ओलीको उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भनि विरोध गर्दै आएको उल्लेख गर्दै विज्ञप्तिमा आम नेपाली जनताको भावना, विधि र तथ्यहरुको आधारमा संविधानको मर्म अनुरुप विघटित प्रतिनिधि सभा पुनर्स्थापित हुने गरी सम्मानित सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गरिएको छ ।

‘यस्तो असंवैधानिक काम गर्ने प्रधानमन्त्री ओलीलाई नैतिकताको आधारमा तत्काल आफ्नो पदबाट राजीनामा दिन समेत माग गर्दछौं’, विज्ञप्तिमा छ, ‘प्रधानमन्त्रीको उक्त कदम प्रतिगमनकारी हो भन्दै त्यसलाई सच्याउन दबाब दिन हामीले चलाएको अभियानमा सघाउनु हुने देशभित्र र बाहिरका सबै साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू