बिहीबार, वैशाख १३, २०८१
17:37 | २२:२२

देश र जनताका लागि काम गर्न सर्वोच्च अदालतको निर्णय प्रेरणादायीः सुवेदी

नेपाली लिङ्क फ्रेब्रवरी २३, २०२१

लन्डन । बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्दै लोकतन्त्रलाई संस्थागत गर्दै लैजानु सबै पक्षको दायित्व भएको बताएका छन् । 

संसद विघटनलाई बदर गर्ने सर्वोच्चको फैसलापछि नेपाली लिंकलाई प्रतिक्रिया दिंदै प्रा. सुवेदीले नेपालको राजनीति धेरै फोहोरी भइसकेको टिप्पणी गरे ।

नेपालका राजनीतिकर्मीहरुलाई बौद्धिक दरिद्रताबाट माथि उठेर देश र जनताको लागि काम गर्न सर्वोच्च अदालतको यो निर्णयले प्रेरणा मिल्ने आशा उनले व्यक्त गरेका छन् ।

सर्वोच्चको फैसलाले न्यायपालिकामाथिको जनविश्वासलाई कायम राख्न सहयोग गर्ने प्रा सुवेदीको आशा छ ।  

‘यो निर्णयले न्यापालिकामाथिको जनताको विश्वास कायम गर्न मद्दत गर्नेछ । सम्मानजनक रूपमा सबै पक्षले सहिष्णु भएर देशलाई अगाडि बढाउनु आजको चुनौती हो । मुलुकलाई कसरी पुनर्जागरण र पुनरुत्थानमा लान सकिन्छ भन्ने विषयमा विभिन्न बौद्धिक वर्गले उठाएका सवालहरुमा सबै नेताको ध्यान पुग्नेछ भन्ने पनि मेरो आशा छ’, उनले भनेका छन् ।

प्राध्यापक सुवेदीले विगतदेखि नै नेपालको अस्थिर राजनीतिप्रति आलोचनात्मक टिप्पणीसहित सुझाव सल्लाह दिंदै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू