मंगलबार, चैत ६, २०८०
05:11 | १०:५६

बेलायतकी महिला अभियन्ता केसीको नेतृत्वमा २७ सदस्यीय महिला विभाग गठन

बलात्कारपछि हत्या गरिएकी भागरथीको स्मृतिमा ५ लाखको कोष खडा

नेपाली लिङ्क फ्रेब्रवरी २२, २०२१

लन्डन । प्रवासी नेपाली एकता मञ्च यूकेको २१ फेब्रुवरीमा सम्पन्न वृहत महिला भेलाले मञ्चकी उपाध्यक्ष, लन्डनस्थित महिला अभियन्ता एवं व्यवसायी सरस्वती केसीको नेतृत्वमा २७ सदस्यीय महिला विभाग गठन गरेको छ ।

भेलाले अन्तरराष्ट्रिय महिला श्रमिक दिवस (८ मार्च) मा भव्य रुपमा मनाउने निर्णय गरेको छ । साथै, भेलाले बलात्कारपछि पाशविक र जघण्य रुपले हत्या गरिएकी किशोरी बैतडीस्थित सनातन माविमा कक्षा १२ मा अध्ययनरत १८ वर्षाीया भागरथी भट्टको स्मृतिमा नेरु पांच लाखको ‘भागरथी भट्ट महिला सशक्तिकरण अभियान कोष’ खडा गर्ने निर्णय गरेको छ ।

कोषका लागि बैठकमा दुईलाख रुपैयां संकलन भइसकेको र बाँकी रकम मार्च आठसम्म संकलन गरी भागरथी भट्टको परिवारलाई आर्थिक सहयोग गर्नुका साथै अक्षयकोष खडा गर्ने निर्णय भएको प्रवासी नेपाली एकता मञ्च यूके अध्यक्ष भक्त गुरुङले जनाए । उनले कोषमा सहयोग गर्ने सबै सहयोगी मनहरुप्रति हार्दिक नमन व्यक्त गर्दै उक्त कोष महिलामाथि हुने हिंसा, अन्याय र अत्याचारको बिरुद्ध महिला सशक्तिकरणको आवाज बुलन्द गर्न स्थापना गरिएकोले सबैलाई सहयोग गर्न अपिल गरे ।

महिलामाथि हुने हिंसा, अन्याय र अत्याचारविरुद्ध महिला सशक्तिकरणकोआवाज बुलन्द गर्न कोष स्थापना गरिएको महिला विभागकी संयोजक एवम् मञ्चकी उपाध्यक्ष केसीले बताइन् ।

‘निर्मला पन्त र भागरथी भट्ट जस्ता बालिकामाथि भएको जघन्य अपराध भोलिका दिनमा अरु छोरीहरुले भोग्न नपरोस् भन्ने हाम्रो चाहना छ’, महिला विभाग संयोजक केसीले नेपाली लिंकसंग भनिन्, ‘यस्तै अपराध र हिंसा न्यूनीकरणलाई प्रोत्साहन गर्न परिचालन गर्ने गरी कोष स्थापना गरेका छौं ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू