शनिबार, वैशाख ८, २०८१
13:22 | १८:०७

अन्तर्राष्ट्रिय नारी दिवसमा अनेसास, बेलायतको साहित्यिक कार्यक्रम

नेपाली लिङ्क फ्रेब्रवरी २१, २०२१

लण्डन । अनेसास, बेलायत च्याप्टरले यही मार्च ७ तारिख  आइतबार ‘नेपाली साहित्यमा नारी श्रस्टाहरुको अवस्था एवं चुनौति’ विषयक भर्चुअल साहित्यिक कार्यक्रम गर्ने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर कार्यक्रम हुन लागेको हो । 

उक्त कार्यक्रममा नेपालबाट साहित्यकार डा. रेनुका सोलु, ‘अक्षर क्रियसन’ की संस्थापक अध्यक्ष डा. अर्चना थापा, बहुचर्चित कृति वादी/ विज्ञप्ति एवं लेखककी स्वास्नीकी लेखिका प्रगति राईका साथमा सिक्किमबाट सिक्किम विश्वविद्यालयकी सह-प्राध्यापक डा. कबिता लामा, बेलायती नेपाली डायस्पोराकी सशक्त सामाजिक अभियन्ता शशी थापा सुब्बासंगै संसारभरि छरिएर रहेका साहित्यप्रेमीहरुको भर्चुअल सिर्जना वाचन पनि हुनेछ ।

अनेसास, बेलायत च्याप्टरकी सचिव मञ्जु भण्डारीले कार्यक्रम संचालन गर्दैछिन् ।

संसारभर प्रत्येक बर्ष ८ मार्चमा विभिन्न कार्यक्रम गरी नारी दिवस मनाइन्छ । सामाजिक, आर्थिक, सांस्कृतिक एबं राजनैतिक आदिमा नारीहरुले गर्दै आएका संघर्ष, चुनौति एबं सफलता प्राप्तिका कथाहरुसंगै लैंगिक समानताबारे संवाद-अन्तरक्रियासंगै संसारभर मनाउंदै आइएको छ ।  

च्याप्टरकी अध्यक्ष लारा राईले सहभागिताका लागि अपिल गर्दै अन्तर्राष्ट्रिय नारी दिवस विशेष साहित्यिक कार्यक्रम भएपनि यो नेपाली भाषा एवं सम्पूर्ण साहित्यप्रेमीहरुका लागि पृथक कार्यकम सावित हुने बताइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू