शुक्रबार, वैशाख ७, २०८१
15:07 | १९:५२

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २० हजार नाघ्यो

थप ४४५ जनाको मृत्यु

नेपाली लिङ्क फ्रेब्रवरी २०, २०२१

लन्डन । पछिल्लो २४ घन्टामा बेलायतमा ४४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । केहिदिनयता मृतक संख्यामा निरन्तर कमी आएको छ । शनिबार सार्वजनिक तथ्याँक अनुसार बेलायतमा कुल मृतक संख्या एक लाख २० हजार ३६५ पुगेको छ ।

यसैगरी बितेको २४ घन्टामा १० हजार ४०६ जना नयां संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ को तथ्यांकमा उल्लेख छ  ।

नयां थपिएसंगै बेलायतमा संक्रमितको संख्या ४१ लाख ५ हजार ६७५ पुगेको छ । विगत केहि दिनयता संक्रमण दरमा केहि कमी आएको तथ्यांकले देखाएको छ ।

हाल जारी लकडाउन र कोरोना विरुद्धको खोप वितरण कार्यलाई तीव्रता दिएसंगै पछिल्लो समयमा कोरोना संक्रमण र मृत्यु दरमा कम आएको अधिकारीहरुले बताएका छन् ।

बेलायतको अस्पतालमा बढेको अत्यधिक चाप पनि अहिले निकै कम भएको छ । अघिल्लो महिना अस्पतालमा उपचार गराउनेको संख्या ४० हजार नाघेकामा अहिलो यो संख्या घटेर १८ हजार ४६२ पुगेको छ ।

यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या पनि करिब एक तिहाइ घटेर दुई हजार ४६९ मा झरेको छ ।

एक करोड ७२ लाख बढीले लगाए खोप

बेलायतमा कोरोना विरुद्धको खोप अभियान शुरु भएयता एक करोड ७२ लाख बढीले कोरोना विरुद्धको खोप लगाएका छन् ।

बिहीबार सार्वजनिक तथ्याँक अनुसार हालसम्म एक करोड ७२ लाख ४७ हजार ४४२ जनाले खोपको पहिलो डोज लिएका छन् । यसैगरी छ लाख ४ हजार ८८५ जनाले खोपको दोस्रो डोज समेत लिइसकेका छन् ।

हाल बेलायतमा ६५ देखि ६९ वर्षलाई खोप वितरण गरिंदैछ । हालसम्म ७० वर्षमाथिका चौथो ग्रुपका मानिसहरुलाई खोप वितरण गरिएको र अझै पनि शीर्ष समूह अन्तर्गतका स्वास्थ्यको कारणले जोखिममा परेका, केयर होम रेसिडेन्ट, अग्रपंक्तिमा काम गर्ने हेल्थकेयर वर्कर्सहरु लगायतलाई प्राथमिकतामा नै राखिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू