विश्व कोरोना अपडेट: २४ लाख ५४ हजार बढीको मृत्यु
११ करोड बढी संक्रमित


लन्डन । कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभर मृत्यु हुनेको संख्या २४ लाख ५४ हजार नाघेको छ । वर्ल्डओमिटरको पछिल्लो तथ्याँक अनुसार हालसम्म विश्वभर २४ लाख ५४ हजार ५२९ मानिसको कोरोनाका कारण मृत्यु भएको छ ।
कोरोनाका कारण सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ । अमेरिकामा पांच लाख पांच हजार भन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकापछि ब्राजिल सबैभन्दा बढी मृत्यु हुने मुलुकमा छ । ब्राजिलमा दुई लाख ४३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
यसैगरी मृतक संख्याको आधारमा मेक्सिको, भारत र बेलायत क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा पर्दछन् । पाँचौं स्थानमा रहेको बेलायतमा पनि एक लाख १९ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।
त्यसैगरी विश्वभरमा कोरोना संक्रमित हुनेको संख्या पनि ११ करोड नाघिसकेको छ । बुधबार सार्वजनिक पछिल्लो तथ्याँक अनुसार हालसम्म ११ करोड ९ लाख ३१ हजार ११० जना मानिस संक्रमित भइसकेका छन् ।
संक्रमित संख्याको आधारमा पनि अमेरिका अग्रपंक्तिमा छ । अमेरिकामा हालसम्म दुई करोड ८५ लाख २३ हजार भन्दा बढी संक्रमित भइसकेको तथ्याँकले देखाएको छ ।
त्यस्तै भारतमा एक करोड नौ लाख ६३ हजार भन्दा बढी संक्रमित भएका छन् । ब्राजिलमा झन्डै एक करोड भन्दा बढी संक्रमित पुगेका छन् ।
यसैगरी रसियामा ४१ लाख ३९ हजार भन्दा बढी संक्रमित रहेका छन् भने बेलायतमा पनि ४० लाख ८३ हजार संक्रमित रहेको तथ्यांकले देखाएको छ । हालसम्म विश्वभर ८ करोड ५८ लाख ७५ हजार भन्दा बढी संक्रमित निको भएका छन् ।
दुई करोड २५ लाख ९९ हजार भन्दा बढी सक्रिय संक्रमित रहेको पनि वर्ल्डओमिटरको तथ्यांकमा छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५