शुक्रबार, चैत १६, २०८०
05:38 | ११:२३

१० वर्षे बालकको गायनमा ‘हेर्ने आंखा’

नेपाली लिङ्क फ्रेब्रवरी १७, २०२१

काठमाडौं । काठमाडौंस्थित एलिट ग्रयाण्ड स्कुलमा कक्षा ४ मा अध्ययनरत १० 
वर्षे बालक विनम्र सुवेदीले सुमधुर गायनमार्फत दर्शकश्रोताको मन जितेका छन् । विनम्रको गायनमा हालै सार्वजनिक ‘हेर्ने आंखा’ बोलको गीतलाई रुचाइएको हो ।

गीचमा सुवास जोशीको संगीत छ भने अकेस्टिक गीतारमा सुवास जोशी, बांसुरी रत्न बिके र तबलामा जगन्नाथ धौगडाको साथ छ । रचना डिपी खनालले गरेका हुन् ।

उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ ।

विनम्रले आफ्नो स्वर धेरैले रुचाएको भन्दै दर्शक-श्रोता र परिवारप्रति आभार व्यक्त गरेका छन् । सानैदेखि विद्यालयका गतिविधिमा गीत प्रस्तुत गर्दै आएका विनम्र भविष्यमा गायनलाई निरन्तरता दिने सोच रहेको बताउंछन् ।

भिडियो-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू