बुधबार, वैशाख १२, २०८१
23:39 | ०४:२४

एनआरएनएद्वारा टेलि–हेल्थ सेवा शुरु

नेपाली लिङ्क फ्रेब्रवरी १६, २०२१

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वभर बसोबास गर्ने नेपालीहरुको लागि टेलि-हेल्थ सेवा शुरु गरेको छ ।एनआरएनए अन्तर्गतको स्वास्थ्य समिति तथा वैदेशिक रोजगार तथा कल्याण विभागको संयुक्त प्रयासमा गत  शुक्रबारदेखि टेली- हेल्थ कार्यक्रम  शुभारम्भ गरिएको हो।

टेलि–हेल्थ सेवाबाट विश्वका कुनै पनि ठाउँमा बसोबास गर्ने नेपाली मूलका कुनै पनि व्यक्तिले अनलाइनमार्फत चाहेको समयमा स्वास्थ्य विज्ञहरुसँग स्वास्थ्य सम्बन्धि परामर्श लिन सक्नेछन् ।

यो टेलि–हेल्थ कार्यक्रममा सबै क्षेत्र र विधाका स्वास्थ्य विशेषज्ञ र चिकित्सकहरु उपलब्ध हुनेछन् । मिर्गौला, कलेजो, मुटु, आँखा, नाक, कान, घाँटी तथा मुख सम्बन्धि स्वास्थ्य विज्ञदेखि डाईटिशियन, र फिजियोथेरापिस्ट, दन्त चिकित्सक लगायतका अन्य थुप्रै स्वास्थ्य विज्ञहरुद्वारा उचित परामर्श प्रदान गरिनेछ  ।

यसका साथै  मनोचिकित्सक, मनो–परामर्शदाता, स्नायू रोग विशेषज्ञ, मिर्गौला रोग विशेषज्ञ, र छारे रोग (एपिलेप्सी)का विशेषज्ञहरू पनि यस टेलि–हेल्थ कार्यक्रममा समेटिएका छन्  ।

बाल रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ र ज्येष्ठ नागरिक रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मधुमेह विज्ञ, स्तन क्यान्सर विज्ञ, क्यान्सर रोकथाम र उपचार विज्ञहरु र सार्वजनिक स्वास्थ्य विशेषज्ञहरू पनि सहभागी हुनेछन् ।

आफ्नो मोबाइलमा रहेको भाइबर तथा वाट्सएपबाट  टेलिहेल्थ कार्यक्रममा सहभागी हुन वा यसमार्फत स्वास्थ्य विज्ञहरु सँग प्रत्यक्ष सम्पर्क गर्न सकिनेछ । त्यसका लागि नेपाल बाहिर भए ९७४–५५५–६५३२० वा ९७७ ९८०–२३१ –४७३९ र नेपाल भित्र भए मोबाइल नम्बर ९८०–२३१ –४७३९ मार्फत सम्पर्क गर्न सकिनेछ । साथै, इमेल [email protected] मा आफ्ना स्वास्थ्य जिज्ञासा लेखेर पठाउन सकिनेछ ।

यो कार्यक्रम नितान्त र निशूल्क भएकोले कार्यक्रमार्फत सेवा लिए वापत कुनै पनि शुल्क लाग्दैन गैरआवासीय नेपाली संघमार्फत विश्वव्यापी रुपमा नेपाली समुदायलाई सुविधा प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम शुरु गरिएको हो ।

यसमा सहभागी  विशेषज्ञ र परामर्शदाता, स्वास्थ्य विज्ञ, चिकित्सकहरुलाई सेवा दिए बापत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ ।

विश्वका जुनसुकै कुनामा भएपनि सरल र सहज रुपमा भर्चुअल माध्यमबाट फोन, भाइवर, व्हाट्सएप तथा ईमेल गरेर आफ्ना स्वास्थ्य समस्याहरुबारे जिज्ञासा राख्न सकिनेछ । प्राप्त जिज्ञासालाई सम्बन्धित क्षेत्रको विशेसज्ञ पुर्याएर समस्या समाधान गरिनेछ । तर, यसले आपतकालीन स्वास्थ्य सेवा तथा आवश्यक औषधि प्रदान गर्दैन् ।

सम्बन्धित मुलुकको नीति, नियम र कानून मातहत रहेर काम गर्नुपर्ने भएकाले यो कार्यक्रमले ती कानूनको बर्खिलाप हुने कुनैपनि काम गर्दैन । गम्भीर र आपतकालिन समस्या परेमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्नेछ ।

स्वास्थ्य समितिले नेपालीलाई विश्वव्यापी रूपमा टेलिफोन परामर्श प्रदान गर्दै आएको  डाँफे केयर सँग मिलेर काम गर्नेछ । डाँफे केयरले धेरै जसो नेपालमा तर विदेशमा पनि धेरै वर्षदेखि टेलि परामर्शहरू प्रदान गर्दै आएको छ ।

बिरामीको सम्पूर्ण जानकारी गोप्य राखिनेछ । प्राप्त जानकारीहरु डाक्टर र विशेषज्ञबाहेक स्वास्थ्य सम्बन्धि जानकारी कसैलाई दिइने छैन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू