बेलायतमा आजबाट ‘होटेल क्वारेन्टिन’ को नियम लागू
'रेड लिष्ट'को सूचीमा नेपाल पर्दैन


लन्डन । आज सोमबारबाट बेलायत प्रवेश गर्ने सम्पूर्ण ब्रिटिस र आइरिस नागरिक तथा यूके रेसिडेन्ट्सले अनिवार्य ‘होटल क्वारेन्टिन’ बस्नुपर्नेछ ।
कोरोना भाइरसका नयाँ ‘भेरियन्ट’ पाइएका विश्वका ३३ वटा ‘रेड लिष्ट’ मुलुकबाट आउने यात्रुहरुको लागि बेलायतमा आजबाट अनिवार्य ‘होटेल क्वारेन्टिन’ को नियम लागू भएको छ । नयां भेरिएन्ट संक्रमण नियन्त्रणका लागि केहि साउथ अमेरिकन र नयां भाइरस देखा परेका मुलुकहरु पोर्चुगल, ब्राजिल तथा साउथ अफ्रिकालगायतका मुलुकबाट आउनेहरुका लागि उक्त नयां नियम लागू गरिएको हो ।
उक्त मुलुकबाट बेलायत फर्किएका यात्रुहरुले १० रातसम्म अनिवार्य होटल क्वारेन्टिन् बस्नुपर्नेछ । होटल क्वारेन्टाइनमा बस्दाको खर्च वापत १७५० पाउण्ड स्वयंले व्यहोर्नुपर्ने छ । यस रकमले होटल बसाइको खर्च, यातायात र कोरोना परीक्षणलाई समेट्नेछ ।
यदि १२ वर्षमाथिका मानिस साथमा भए एकजनाको ६५० पाउण्ड र ५ देखि १२ वर्षबीचको उमेरका लागि एकजनाको ३२५ पाउण्ड थप रकम तिर्नुपर्नेछ । अनिवार्य होटेल क्वारेन्टिन् आवश्यक पर्ने बेलायतको सूचीमा नेपाल भने छैन ।
होटेल क्वारेन्टिनबाट उन्मुक्ति पाउन आफ्नो यात्रा विवरणबारे झूटो बोलेको पाइएमा अधिकतम १० वर्षसम्मको कैद गरिने घोषणा गरिएको छ । त्यस्तै, ५ देखि १० हजार पाउण्डसम्मको जरिवाना पनि घोषणा भइसकेको छ ।
बेलायत उत्रिएपछि यहाँको विमानस्थलमा भर्नुपर्ने ‘पेसेन्जर लोकेटर’ फारममा आफू कुन मुलुकबाट आएको भन्नेबारे गलत जानकारी उल्लेख गर्नेहरु अधिकतम सजायको भागी बन्नेछन् ।
बेलायत उत्रिएपछि यहाँको विमानस्थलमा भर्नुपर्ने ‘पेसेन्जर लोकेटर’ फारममा आफू कुन मुलुकबाट आएको भन्नेबारे गलत जानकारी उल्लेख गर्नेहरु अधिकतम सजायको भागी बन्नेछन् ।
१५ फेब्रुअरीबाट लागू हुने गरि बेलायत प्रवेश गर्ने सम्पूर्ण यात्रुहरुले क्वारेन्टाइनको अवधिमा दुईपटक कोरोना परीक्षण गराउनुपर्नेछ । जस अनुरुप होटलमा वा होम आइसोलेशन जहाँ भएपनि यात्रुहरुले बेलायत प्रवेश गरेको दोस्रो र आठौँ दिनमा अनिवार्य कोरोना परीक्षण गराउनुपर्नेछ ।
फेब्रुअरी १५ तारिखबाट बेलायत भित्रिने प्रत्येक व्यक्तिले कोरोना सम्बन्धि तीनवटा टेस्ट गराउन पर्नेछ । उडान भर्नुअघि ७२ घन्टाको एउटा परीक्षण र बेलायत प्रवेश गरेको दोस्रो र आठौँ दिनमा गरी तीनवटा परीक्षण अनिवार्य गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५