सोमबार, मंसिर २४, २०८१
04:15 | १०:००

सतिको श्राप परेको देशमा उखान टुक्का

नरेन्द्रराज काम्बांग फ्रेब्रवरी १३, २०२१

एका देश यस्तो थियो जहां राजैराजा थिए । पछि तिनै राजैराजाहरु मध्येको सबैभन्दा सन्काहा, चतुर र धुर्त एक राजाले उनी भन्दा अझ धुर्त दक्षिणबाट अनुभव बटुलेर आएका जसलाई त्यहाका दुनियाले उनको आफ्ननै परिवारभित्रको व्यवहारबाट बा नै हुन् है भनि चिनाइएका प्रचलित नाम बा तिनीहरुको संगति र सहयोग पाएपछि उनी त्यो एका देशको विशाल राज्य निर्माता भइ पूजनीय र अमर भए ।

यी बा हुन लायकका खप्पिसहरु दक्षिणतिरबाट आएका थिए । दक्षिणतिर रहंदा बस्दा त्यो समय तिनीहरुको स्थान त्यहांको राजामहाराजको भन्दा एक खुड्किलोमाथि थियो । तिनीहरुले मुकुट लगाइदिएपछि मात्र त्यहां राजामहाराज हुन पाउथे । राजाले शासन गर्थे । शासन गर्ने शाहस, मनोवल र आत्माविश्वास जगाउन, कथित इश्वरद्वारा लिखित इश्वरको मुखराविन्दुबाट प्रकट भएको मन्त्र र वाणी तिनीहरुको आफ्नो पुर्खाहरुले इश्वरबाट प्राप्त गरेको हो भन्ने भनाइ बनाएर तिनीहरुले मात्र बुझ्ने अरु कसैले नबुझ्ने भाषा उच्चारित अक्षरमा मानव हस्तलिखित शास्त्रबाट ज्ञान खोजीनीति गरी राजालाई कान भरिदिन्थे । यही शास्त्रको भ्रममा राजा भनेका विष्णु भगवानको अवतार जनता भनेका राजाका निम्ति जन्मिएका रैती मनुवा दुनिया हुन् ।

शास्त्रमा जे लेखिएको छ त्यसको आज्ञा पालना गर्नु राजा अनि रैती मनुवा दुनियाको कर्तव्य हो भनि जनाउने र शास्त्रमा लेखिएको जान्ने विश्वब्रमाण्ड ज्ञानी ब्राहमण भएकाले तिनीहरु त्यहा सबैभन्दा ज्ञानी र सबैले नतमस्तक भै मान्नु पर्ने विद्वान हुन् भनि मान्यता र विश्वास स्थापित गरेका थिए । यतिसम्म कि, तिनीहरुको लातले त्यहांको भुईं मान्छेहरुको शिरमा बजारेपछि ती शिरमा लात बजारिएकाहरु आफूलाई भग्यमानी ठानी आफ्नो समुदायमा प्रभुत्व जमाउने श्रेय लिन्थे । त्यसैले तिनीहरुमार्फत राजालाई कान भरेपछि यस्ता मन्त्रको पालना गर्नु अवतारधारी राजामहाराजाहरुको कर्तव्य ठहरिन्थ्यो । अन्यथा भगवानमाथि अपमान भएको सत्य र तथ्य तिनै एक खुडकिलोमाथिकाबाट जनमानसमा प्रचार प्रसार गरेपछि राजामहाराज नै अवतारीबाट सद्धे मनुवा हुने अवस्था श्रृजना हुन्थ्यो ।

यिनीहरुले दक्षिणतिरकादेशबाट पापी मुसलमानको कारण त्यो एकादेशमा आउनु परेपछिका दिन ती सन्काहा, चतुर र उत्तिकै धुर्त राजाको समय नआइन्जेल दक्षिणतिर भोगेको सुख, भोगविलास र नेपथ्यबाट राजकाजमा रजाइ यी सबैबाट, दुष्ट त्यही समयमा नै अरु अन्य खाले आगन्तुक वैरी शासकहरुको कारण धेरै दिन, महिना र वर्षहरु एका देश भई नसकेको धेरै राज्यहरु भएको ठाउंमा दाउ हेर्दै बडा दुःख र कष्टमा जीवन बिताउनु परेको थियो । तर भाग्यमाथि विश्वास गरी मौका पर्खिबसेका यिनीहरुले मौका पाउनासाथ आफ्नो अनुभव अनुसार राजालाई सहयोग गरे, भएभरका मन्त्रतन्त्र पनि सबै दिए र राजा सफल भए ।

त्यही अनुसार दक्षिणतिर त्यो समय तिनीहरुको गुमेको स्थान जस्ताको तस्तै त्यो एका देशमा राजाले पनि पुनः स्थापित गरी दिए । यो एकादेश विशाल भएपछि राजकाजमा राजालाई अगाडि देखाएर नेपत्थ्यमा यिनीहरुले आफ्नो स्थान सुरक्षित राख्न शास्त्रलाई आधार बनाएर पहिलो चरणमा दुनियालाई थाहा हुने गरी आदर र सम्मान जनाउने सांकेतिक अक्षर श्रीको आविष्कार गरी श्रीलाई संख्याको आधारमा मान्यताको वर्गीकरण गरे । सबैभन्दा धेरै मान्यता पाउने वा राजामहाराजालाई मुकुट लगाइ दिने सर्वोच्च सबैले मान्नु पर्नेको श्री ६ भनियो । त्यसपछि मात्र मुकुट पहिरी राजा हुन पाउने राजामहाराजाका लागि श्री ५ र भाइभारदार देखि मान्नेगन्नेहरुलाई एउटा श्रीमा सिमित राखियो । रहेका ४, ३, २ श्रीलाई समय र परिस्थिति आफ्नो अनुकुल राख्न संकट आइपरे अस्त्रको रुपमा प्रयोग गर्न कथित मन्त्रमा आधारित शास्त्रको अन्तरकुनामा जगेडाको रुपमा राखियो ।

समयकाल बित्दै जांदा आइपरेको संकटमा जगेडाले हुनसम्मको काम गरेको थियो । उचो मानसम्मानको जोखिमपूर्ण अवस्थालाई दाउमा 
राखी शास्त्रमा उल्लेख भए नभए पनि अन्तरकुनाको कथित मन्त्र वाचन गरी अरुले नबुझ्ने भएको हुंदा आफ्नो तरिकाले अर्थ खुलाई देवरुपी विद्वान भएको मान्यताका आधारमा जगेडामा रखिएको श्री ३ को व्यवस्था गरी आफनो स्थान सुरक्षितै गरी मात्र राखेका थिएनन् अझ नेपथ्यबाट आफनो प्रभुत्व सशक्त बनाउन अझ बढी सफलता हात पार्न पनि सकेका थिए ।

यही सफलताका कारण यिनै विद्वत्त वर्गको स्वार्थमा मुलुकमा शासन चलाउन कानून बन्यो । प्रशासनिक कानूनले राज्यमा राजाले राज गरे । कथित इश्वरीय बरदान पाई कुशको देवरुपी पुत्ला भित्रिगोजीमा हालेका श्री ६ ले अमुर्त नेपथ्यबाट धर्मको साम्राज्य कायम गरे । मुलुकका रैती मनुवा दुनियाले लेखपढ गर्न जाने, कलियुग आई श्री ५ र श्री ३ जस्ता राजामहाराजा विष्णु भगवानको अवतरबाट सिधै मनुवा हुने अवस्था आउने देवको भविष्य बाढी भएको श्री ६ को सल्लाह अनुसार रैती मनुवा दुनिया जान्ने बुझने हुन सक्ने माध्यम शिक्षामा बन्देज लगाई उनीहरुले मात्र बुझ्न सक्ने शास्त्रको छुट्टै पाठशाला खोलियो ।

राजकाजमा पर्ने हरेक समस्याका समाधानका लागि विभिन्न विषयमा ज्ञान भएका अन्य विज्ञहरुलाई सामेल गराए निको मानिंदैन थियो । त्यस्ता व्यक्ति अशुद्ध ठहराइन्थे । शुद्ध र अशुद्धको ज्यादै ठूलो महिमा हुन्थ्यो । त्यसैले कुनै समस्या वा सरसल्लाहका लागि अन्यहरुले नबुझ्ने शास्त्रमा भएको एक वा दुई श्लोक पढि सबैले बुझ्ने अर्थ खुलाउन सक्ने यी वर्गका कसैले खुलाएपछि त्यो जस्तोसुकै समस्याको समाधान वा सुझाव हुन सक्थ्यो । त्यतिले नभए यिनीहरुले बनाएको भावनात्मक टुक्का, उखान र कथित उदाहरणीय दन्त्य कथाले ठूला ठूला वास्तविक समस्याहरुको समाधान गरिन्थ्यो र सहि सिद्ध हुने सुझावको उदाहरण मानिन्थ्योे । कुनै टुक्का तुकमिलाई लयवद्ध वाचन गरी अर्थ खुलाएपछि जस्तै चित्त नबुझ्नेको पनि चित्त मज्जाले बुझ्थ्यो ।

दुनिया संसारमा मानव सुखी हुंदै गए । विकासको कारण हो भनिन्थ्यो । त्यो विकासको गति छिमेकी देश मुलुकहरुमा कता कता बढ्दै गयो । आफ्नो राज्यको अवस्था देखेर राजा पनि चकित हुदै गए । मनुवाहरु दुनियामा दर्शन र आदर्शबारे मुखामुख गर्न थाले । देवरुपी विद्वान वर्गमा फेरी संकट आउने प्रवल सम्भावना भएकाले उनीहरुले तुरुन्तै देवत्वशक्तिले शास्त्रीय अन्तरमुखी एउटा दन्तेकथाको अविष्कार गरी राजा रैती मनुवा दुनिया सबैमा प्रचार प्रसार गरे । त्यसपछि त्यही दन्त्य कथाको आधारमा उखान अनि टुक्का बनाए । त्यो तुक्का थियो सतिको श्राप परेको देश । छोटोमा उखान यस्तो थियो ।

त्यो एका देशमा समयको कालक्रममा आफ्ना पुरानो बा नै हुन है प्रवृत्तिका अनैतिक र अपवित्र अन्तरकुन्तरमा छुपाइको अपराधिक कार्यकारणले सन्काहा राजाको फेला पर्दा कहिले काही देवरुपी विद्वानहरुलाई संकट आइ पर्दथ्यो । तर उनीहरुले पहिले नै खास गरी यिनीहरुको ज्यान लिएमा ज्यान लिने राजाको मृत्यु पश्चात स्वर्गद्वार बन्द हुने त्रास फैलाएकाले उनीहरुको ज्यान चाहिं नलिने तर चारपाटा मुडेर सुगुरको पाठो बोकाए वा खोरमा ठिगुरा हालेर लडाए हुनेमा चाहिं उनीहरुकै सहमति बमोजिम यिनीहरुले भगवानलाई समेत रिझाएका थिए । त्यसैले केही देवरुपी विद्वानमा दैवदशा लागेको वखतमा चारपाटा मुडी सुगुरको पाठो बोकाएर टोल डबली सडक सडक हिंडाउनु परेका बेला त्यस्ता विद्वानका परिवारले राम्रा काम गरेर जस नपाएको अर्थ लगाउंदै यो देशमा राम्रा काम गर्नेको कहिले भलोे नहोस् भनि श्राप दिएको हुंदा, त्यो देशमा सुख पाउन कहिले विकास हुनै नसक्ने विश्वासमा पार्न प्रतिशोधात्मक उखान बनाएका थिए । मनुवा दुनिया यही उखानको अर्थ खोलिने यही तुक्का बखान गर्दै आफ्नो देशमा देखिएको विकासको दुरावस्थामा उही श्रापको कारण ठानी निधारमा तालु ठोकर भाग्यलाई धिकार्थे ।

समय बित्दै गयो । त्यो एकादेशको राजकाज चलाउन त्यही सानो वर्गले मात्र बुझ्ने शास्त्रमा जे लेखिको भएपनि जसरी अर्थ खुलाइयो त्यसैको भरमा शासन व्यवस्था कायम हुंदै गयो । राजकाजमा रहेका र नेपथ्याबाट राजकाजको जुइनो हातमा लिने भित्रिय र बाहिरिय दुवै वर्गका लागि असाध्यै राम्रो भयो । भुइमान्छे, मनुवा र मुलुक दुनियामा केहीलाई राम्रो भयो धेरैलाई हुनसम्मको नोक्सान खप्नु पर्यो । आफ्नो संस्कारसस्कुति मासियो, भाषा हरायो, भएको जग्गाजमिन सिद्धियो, केही रहेन । गर्दा गर्दा जोहरुलाई जेका लागि खुशी बनाइएका थिए, तिनीहरुको पनि केही रहेन । उनीहरुमा उनीहरुको पुख्र्यौली विरासत भावनात्मक टुक्का, उखान अनि दन्त्य कथाहरु भने बांकी रहेको थियो ।

शिरमा मुकुट र हातमा तलवार थमाई शासक बन्न पाएका राजा र उनका भाई भरदारमा जे जस्तै तरहले बिते पनि यी राजा भन्दा माथिल्लो स्थानमा बसेकाले पर्दापछिबाट राजकाजमा मनग्गै हालीमुहाली मच्चाएका थिए । तै भएपनि केही भवितव्य पर्नेमा प्रवल सम्भावना बढी रहेको थियो । त्यही बखत दक्षिणतिरका देशमा भने धेरै पटक धेरै खाले फेरबदल भयो । एका देशको त्यो समयकालमा अन्तरिक्ष वा अन्य ग्रहबाट आएका जस्ता मनुवा जसलाई पछि फिरंगी नामाकरण गरियो, तिनले दक्षिणतिरका सवै खाले राजा महाराजाहरुलाई आफ्नो अधिनमा लिएर बसिसकेपछि उत्तरतिर पनि तिनको आखा नलाग्ने कुरै थिएन । यिनीहरु भन्दा चलाक, धुर्त ति फिरंगीहरुले त्यो एका देशका सवै कुरो बुझिसकेपछि त्यहाको सोझा, इमान्दार र शाहसी मनुवाहरुलाई आफ्नो हात पार्न पाए लौरो पनि नभांचिने र सर्प पनि मर्ने नीति अनुरुप आफ्नो व्यापारिक धन्दा अघि बढाउन हात फैलाए । आफ्नो शास्त्रले काम नदिने र त्यसका बारेमा थाहा पाउने अवस्था थाहा पाएका नेपथ्यबाट शासन गर्ने भित्रिय वर्गले राजालाई यी निकम्मा जे भन्यो त्यही मान्ने तिघ्रे स्वाठेहरुको के काम यी छिमेकमा आएका धनी पनि भएका ज्ञान पनि भएका फिरंगीलाई दिएमा धन पनि आउने, भरअभरलाई मित्रता कायम हुने र देश पनि उनीहरुकै झै नै विकास हुने सपना देखाए । त्यसो हुंदा भविष्यमा कुनै डर लिनुपर्ने अवस्था पनि रहेन । सवै सोचिबुझी यो धन्दामा हात हाल्न राजालाई सल्लाह दिए अनुसार सबै मनुवा वर्गमा रहेका युवाहरुलाई बेचियो ।

समयको कालक्रममा सबै कुरा बदली हुंदै गयो । गर्दा गर्दा गरिखानेका लागि मौसम पनि बदलि हुदै गयो । एकादेशमा नबेचिएका कामगरी खानेहरु कंगाल त भए नै त्यसमाथि काम गर्ने नै नभएपछि राजकाजमा हालीमुहाली गर्ने शास्त्र अनुसार कामगरी खान नहुने बाहिरी वर्गमा ठुलो चोट पर्न गयो । भित्रिय वर्ग गौरवान्वित उच्चोस्थानमा मदमत्त, शासक सुखानन्द र रासलिलामय मदहोसमा लम्पसार, बाहिरतिर चासो नै रहेन । तब बाहिरीय वर्गहरुले पाएको बक्सिस, वीरता र गाजीरमा कामगर्नेहरु सवै फीरंगीले जहां काम लाग्छ त्यही काम लगायो । धेरै फर्किएनन् । फर्किएकाहरु काम लाग्ने कोही थिएनन् । तब भित्रिय र बाहिरीय आ आफैंमा खटपट सुरु भयो । राजा र भाई भरदारमा पनि खटपट, देवरुपी विद्वान बाहिरीय भित्रिय दुवै वर्गमा खटपट हुंदा हुंदा देशमा राजा पनि रहेन शास्त्रमाथि विश्वास बाहिरकाले गर्न छाडे भित्रकाले त्यसै शास्त्रलाई विश्वास गर्न छाडन हुन्न भनि कराइरहे । आपसी विवादले अन्त्यमा त्यो एका देशमा केही रहेन न राजा रहे, न अवतारी न सद्धे मनुवा, रहे कुशका पुत्ला भित्र गोजीमा बोकी बोल्न सिपालु बकबेदान्ती विद्वत्तहरु मात्र ।

अन्त्यमा राजाले चलाउने प्रशासकीय शासन व्यवस्थाको अवसान भएपछि नेपथ्यमा चलाइएको साम्राज्यमा लामो समयसम्म काम लागेको पुख्यौली सम्पति त्यही उखान, तुक्का र दन्त्य कथालाई लुछाचुंडी गर्दै तिनीहरुले जीविका गुजारिरहेका थिए ।

साउथ वेल्स्, कुम्ब्रान, यूके

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू