शुक्रबार, चैत १६, २०८०
09:19 | १५:०४

बेलायतमा संक्रमित संख्यामा कमी, घटेनन् मृतक

एक करोड ३० लाख बढीले लगाए खोप

नेपाली लिङ्क फ्रेब्रवरी १०, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा एक हजार बढीको मृत्यु भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार बुधबार थप १००१ संक्रमितको मृत्यु भएको छ ।

यससंगै बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख १४ हजार ८५१ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामाभित्र थप १३  हजार १३ जना नयां संक्रमित थपिएका छन् । नयां थपिएका संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३९ लाख ८५ हजार १६१ पुगेको छ ।

बेलायतमा कोरोना संक्रमण दर पछिल्लो समयमा केहि कम भएको तथ्याँकले देखाएको छ ।

हालसम्मको तथ्याँक अनुसार बेलायतका अस्पतालमा २६ हजार ६८४ जना संक्रमितको उपचार भइरहेको छ भने तीन हजार १६४ जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ छन् ।

बेलायतमा एक करोड ३० लाख बढीले लगाए खोप

बेलायतमा एक करोड ३० लाख  भन्दा बढीले कोरोना विरुद्ध खोपको पहिलो डोज लिइसकेका छन् ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्याँक अनुसार हालसम्म एक करोड ३० लाख ५८  हजार २९८ जनाले खोपको पहिलो डोज लिएका हुन् । जसमध्ये पांच लाख १९  हजार ५५३ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू