शुक्रबार, चैत १६, २०८०
07:03 | १२:४८

बेलायतका विदेश राज्यमन्त्रीसँग नेपालका परराष्ट्रमन्त्रीको छलफल

नेपाल–बेलायत सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता

रासस फ्रेब्रवरी ८, २०२१

काठमाडौं । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र बेलायत सरकारका विदेश राज्यमन्त्री लर्ड अहमदबीच छलफल भएको छ ।  

सोमबार अपरान्ह भएको भर्चुअल बैठकमा बहुआयामिक नेपाल–बेलायत सम्बन्धलाई अझ सुदृढ तुल्याउने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

त्यसअवसरमा दुवै पक्षले नेपाल र बेलायतले पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैठकमा नेपाल–बेलायत सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । 

दुई देशका मन्त्रीहरुबीच आपसी सहयोग, जलवायू परिवर्तनका कारण उत्पन्न चुनौतीको सामना, कोभिड–१९ महामारीलगायत विषयमा पनि छलफल भएको थियो । बेलायती राज्यमन्त्रीले सगरमाथा संवाद तथा मन्त्री ज्ञवालीले यसै वर्ष बेलायतमा आयोजना हुने कोप–२६ बारेमा छलफल गरेका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू