शुक्रबार, चैत १६, २०८०
19:31 | ०१:१६

बेलायतमा १२ मिलियन बढीले लगाए कोरोना खोप

फेब्रुअरी १५ भित्र १५ मिलियनलाई खोप दिइने

नेपाली लिङ्क फ्रेब्रवरी ७, २०२१

लन्डन । बेलायतमा १२ मिलियन भन्दा बढीले कोरोना विरुद्ध खोपको पहिलो डोज लिइसकेका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार हालसम्म एक करोड २० लाख १४ हजार २८८ जनाले खोपको पहिलो डोज लिएका हुन् ।

जसमध्ये पांच लाख ११ हजार ४४७ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।

शनिबारमात्र एकैदिनमा पांच लाख ५० हजारलाई खोपको पहिलो डोज दिइएको थियो । सरकारले यहि फेब्रुअरी १५ भित्र १५ मिलियन मानिसलाई कोरोना खोपको पहिको डोज दिने लक्ष्य राखेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू