मंगलबार, मंसिर १९, २०८०

नेपाली लिङ्क
फ्रेब्रवरी ३, २०२१
लन्डन । बेलायतमा बुधबारसम्म एक करोड भन्दा बढी मानिसले कोरोनाविरुद्ध खोपको पहिलो डोज लिएका छन् ।
‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार हालसम्म एक करोड २१ लाख ४६ हजार ४७१ जनाले खोपको पहिलो डोज लिएका हुन् ।
जसमध्ये चार लाख ९८ हजार ९६२ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ । हाल जारी गरिएको खोप तीन हप्ताको फरकमा दुई डोज लगाउनुपर्नेछ ।
बेलायतमा हाल फाइजर-बायोएनटेक र अक्सफोर्ड एस्ट्राजेनेकाकाद्वारा विकसित दुईवटा खोप वितरण भइरहेको छ ।



सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५