बिहीबार, वैशाख १३, २०८१
08:25 | १३:१०

लगातार चार घण्टा गाएका राज्यमन्त्री मानन्धरलाई वर्ल्ड रेकर्डको प्रमाणपत्र

नेपाली लिङ्क फ्रेब्रवरी ३, २०२१


काठमाडौं । लगातार चार घण्टा पाँच मिनेट २० सेकेण्डसम्म गीत गाएर गिनिज वर्ल्ड रेकर्ड कायम गरेका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई उक्त कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा उनलाई भारतका सामाजिक न्याय तथा अधिकारिकता राज्यमन्त्री रामदास आठवलेले उक्त प्रमाणपत्र हस्तान्तरण गरे । मन्त्री मानन्धरले गत पुस १० गते सो अवधिमा गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शहरी विकास राज्यमन्त्री मानन्धरले नेपाल भारतबीच पौराणिक कालदेखि सम्बन्ध रहेको बताउँदै दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउन सबै पक्षले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

मन्त्री मानन्धरसँग बुधबार दिल्ली अध्ययन केन्द्रले अन्तरक्रिया आयोजना गरेको छ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले कार्यक्रमको संयोजन गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू