बेलायतमा बढ्यो मृतक संख्या, एकैदिन थपिए १४४९
२४ घन्टामा १६ हजार ८४० संक्रमित


लन्डन । बेलायतमा विगत दुई दिनदेखि कमी हुंदै आएको कोरोना संक्रमितको मृतक संख्या मंगलबार तीन गुणा बढी पुगेको छ ।
‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार मंगलबार थप १४ सय ४९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो दिन सोमबार ४३७ र आइतबार ५८७ जनाको मृत्यु भएको थियो ।
अघिल्ला दुई दिनको तुलनामा मृतक संख्यामा तीन गुणा बढीले वृद्धि भएको हो । पछिल्लो एक साताभित्र सात हजार ८५१ जनाको कारण मृत्यु भएको छ । यससंगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ८ हजार नाघेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा १६ हजार ८४० नयां संक्रमित थपिएका छन् । अघिल्लो दिन सोमबार संक्रमित संख्या १८ हजार भन्दा बढी थिए ।
नयां थपिएसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३८ लाख ५२ हजार ६२३ पुगेको छ । गएको एक सातामा मात्र एक लाख ६२ हजार ८७७ जना संक्रमित थपिएका हुन् ।
केहि दिनयता बेलायतका अस्पतालमा भर्ना हुनेको संख्यामा कमी आएको स्वास्थ्य विभागको तथ्यांकमा उल्लेख छ । हाल यहाँका अस्पतालमा ३२ हजार ४६६ संक्रमितको उपचार भइरहेको छ भने तीन हजार ७२६ जना भेन्टिलेटरमा उपचारार्थ छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५