मंगलबार, जेठ ७, २०८२
सिमेन्स इनर्जीले सात हजार बढी कर्मचारी कटौती गर्ने


रासस–एएफपी
फ्रेब्रवरी २, २०२१
फ्रान्कफर्ट, २० माघ–– जर्मनीको सिमेन्स इनर्जीले आगामी चार वर्षभित्र सात हजार ८०० कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । विश्वभर तीव्र रुपमा परिवर्तन भइरहेको ऊर्जा बजारका कारण रोजगारी कटौती गर्नुपरेको कम्पनीले जनाएको छ ।
दीर्घकालीन वित्तीय संरचनालाई चुस्त राखी कम्पनीको प्रतिस्पर्धात्मक क्षमता बढाउने उद्देश्य राखिएको कम्पनीको भनाई छ । कम्पनीले ग्यास र विद्युत ऊर्जा क्षेत्रमा कार्यरत कर्मचारी हटाउने तयारी गरेको छ ।
सिमेन्समा हाल विश्वभर करिब ९० हजार व्यक्ति कार्यरत छन् । प्रस्ताव अनुसार जर्मनीमा तीन हजार, संयुक्तराज्य अमेरिकामा एक हजार ७०० र अन्य स्थानमा कार्यरत तीन हजार १०० व्यक्ति रोजगारी कटौतीमा पर्नेछन् ।
सन् २०२५ को वित्तीय वर्षबाट कटौतीमा पर्ने कर्मचारीहरुमध्ये मुख्यगरी व्यवस्थापन, प्रशासन र बिक्रीतर्फका रहेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५