बुधबार, वैशाख १२, २०८१
11:11 | १५:५६

जनगणना जागरूकता अभियानमा रोयल ग्रीनवीच नेपाली सोसाइटी

नेपाली लिङ्क फ्रेब्रवरी २, २०२१

लन्डन । साउथ इष्ट लन्डनस्थित रोयल बरो अफ ग्रीनवीच नेपाली सोसाइटी (आरजिएनएस) ले नेपाली समुदायमा जनगणना जागरूकता सम्बन्धि अभियान शुरु गरेको छ ।

संस्थाले नेपाली समुदायमा कोरोना महामारीका कारण पीडित वर्गलाई औषधि वितरण र खोप उपलब्ध गराउन सहयोग अभियान पनि शुरु गरिसकेको छ ।

आइतबार संस्थाकी अध्यक्ष शर्मिला हिराचन थकालीको सभापतित्वमा जनगणना जागरुकतासम्बन्धी एक भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । त्यस अवसरमा अफिस फर नेसनल स्टाटिस्टिक्सका सल्लाहकार समिर गुरुङले जनगणना जागरूकतासम्बन्धि प्रस्तुतिकरण गरेका थिए । सन् २०२१ सालको जनगणनाको सन्दर्भ उल्लेख गर्दै उनले जनगणनाको महत्व र नेपाली समुदायले गर्नुपर्ने भावी कार्ययोजना सम्बन्धमा चर्चा गरे । आगामी जनगणनाका लागि प्रशिक्षण र सशक्तिकारण जरुरी रहेको बताउँदै   गुरुङले नेपाली समुदायलाई पूर्ण सहभागिताका लागि अपिल गरे ।

जनगणना तथा जागरूकता समितिका संयोजक पूण्य रेग्मीले नेपाली समुदायका हरेक सदस्यले जनगणनामा सहभागिताको महत्वबारे प्रकाश पारेका थिए । जनगणनाबाट प्राप्त सूचांकहरुको मुल्यांकनले सरकारी तवरबाट कसरी स्थानीयहरुमा बजेट, योजना, सेवा तथा सुविधा व्यवस्थापन हुन्छ भन्नेबारे उनले जानकारी गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि संसद अबेना अपुंग असारे, विशेष अतिथि ग्रीनवीच काउन्सिल, वाल तथा युवा क्याबिनेट सदस्य एवं काउन्सिलर म्याथू मोरो, एनआरएनए यूकेका उपाध्यक्ष सुनिल बाबु खड्का तथा महासचिव फडिन्द्र भट्टराई, एनआरएनए इंग्ल्यान्ड राज्य समन्वय  परिषदका अध्यक्ष दिपक श्रेष्ठ, यति एसोसियसन यूकेका अध्यक्ष ध्रुव केसी, तमुधिं यूकेका पूर्व अध्यक्षहरु सुवाससिं गुरुङ र ज्ञाम गुरुङ, तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्र गुरुङ, तमुधिं यूकेका उपाध्यक्षहरु हरि गुरुङ र जुमकाजी गुरुङ, ग्रेटर रसमोर नेपाली कम्युनिटीका पूर्व  अध्यक्ष रोहित गुरुङ, चाल्टर्न नेपाली समाजका अध्यक्ष कृष्ण खरेल तथा सचिव महासचिव राजु न्यौपाने लगायतले जनगणनामा नेपाली समुदायको सहभागिता बढाउनेबारे विचार व्यक्त गरेका थिए ।

त्यस्तै, ठकुरी समाज यूकेका अध्यक्ष हरिकुमार मल्ल, एनआरएनए आइसीसी सदस्यहरु सुरज मास्के र रामशरण सिम्खडा, कोने घोताने घोण्डे समाज यूकेका अध्यक्ष ले रि चन्द्र गुरुङ, प्रवासी नेपाली एकता मञ्च यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, एनआरएनए आइसीसी अनररी काउन्सिल सदस्य विनोद ज्ञवाली, अन्तर्राष्ट्रिय धादिङ समाजका प्रवक्ता राजन खकुराल, नेपाली वेलफेयर सोसाइटी यूकेका अध्यक्ष धन बहादुर सार्की, नेप्लिज युथ एसोसियसनका अध्यक्ष लछुमन गुरुङ, नेपाली साहित्य विकास परिषद यूकेका अध्यक्ष कोमल मल्ल,  विश्वकर्मा नेपाली समाजका अध्यक्ष थम विश्वकर्मा, साउथ इष्ट रिजनल तमुधिं यूकेका उपाध्यक्षहरु पार्वती गुरुङ र योगेश गुरुङ, सोसाइटी अफ नेप्लिज प्रोफेसनल्सका सचिव दिलिप पौडेल, पशुपतिनाथ मन्दिरकी सचिव कल्पना त्रिपाठी, बुद्ध फाउन्डेसन यूकेका  सचिव सुरेन्द्र रुपाखेती, समाजसेवी अहिल्या कुँवर लगायतका अतिथिहरुले पनि आफ्नो राय प्रस्तुत गरेका थिए ।

त्यसैगरि प्रेस युनियन यूकेका अध्यक्ष विपिन निरौला, नेपाल पत्रकार महासंघ यूकेका उपाध्यक्ष श्याम लुइँटेल, प्रेस युनियन यूकेका उपाध्यक्ष एभरेष्ट गौतम लगायतका पत्रकारहरुले पनि रोयल बरो अफ ग्रीनवीच नेपाली सोसाइटीले चलाएको विशेष अभियान प्रशंसनीय रहेको बताएका थिए ।

रोयल बरो अफ ग्रीनवीच नेपाली सोसाइटीका संस्थापक अध्यक्ष कुमार श्रेष्ठ, भाषा तथा संस्कृति विभागका संरक्षक एवं पूर्व अध्यक्ष हरिगोविन्द गुरुङ, प्रमुख सल्लाहकार मोहन गुरुङ, पूर्व प्रमुख सल्लाहकार एलएन पाण्डे, उपाध्यक्ष लिलादेवी गुरुङ, महासचिव मञ्जु भण्डारी, सह कोषाध्यक्ष श्रद्धा थापा, कल्चरल संयोजक अन्जना थापा, कार्यकारी सदस्यहरु अनिता केसी, रुद्र गौतम, खेम शर्मा, समाजसेवी दुर्गा पाण्डे लगायतले पनि मन्तव्य राखेका थिए ।

निरीक्षण तथा सुपरीवेक्षण समितिका संयोजक तथा संस्थाकी अध्यक्ष शर्मिला हिराचन, जनगणना तथा जागरूकता समितिका पूण्य रेग्मी, स्वयंसेवक परिचालन समितिका जीवन सेन, कोरोनाविरुद्धको खोप सम्बन्धि सल्लाह, सुझाव समितिका रुद्र गौतम र संसाधन व्यवस्थापन समितिका सुशील प्रजापतिले पनि कार्यप्रगतिसहित आआफ्नो भनाइ राखेका थिए ।

एनआरएनए यूकेका सचिव, संस्थाका उपाध्यक्ष एवम् अभियानका संयोजक जित रानाभाटले बेलायतमा रहेका नेपालीहरुले नेपाली समुदायको पहिचान र आर्थिक, सामाजिक तथा राजनीतिक विकासका लागि समुदायका सदस्यहरुको असल, सही तथा पूर्ण विवरण राष्ट्रिय तथ्यांकमा समावेश हुनुपर्नेमा जोड दिंदै यसका लागि जनगणना कार्यक्रममा अनिवार्य सहभागिता हुनुपर्ने बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू