बिहीबार, वैशाख १३, २०८१
17:23 | २२:०८

भारतमा दैनिक संक्रमितको संख्या ६ महिनापछिकै न्यून

रासस/ एएनआई फ्रेब्रवरी २, २०२१

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक रुपमा संक्रमित भएकाहरुको संख्या अन्त्यन्त न्यून भएको छ । 

सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा छ महिना यताकै सबैभन्दा कम संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा आठ हजार ६३५ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । 

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ संक्रमितको संख्या सन्तोषजनक तरिकाले न्यून हुँदै गएको जनाएको छ ।

यसअघि गत वर्षको सेप्टेम्बर १० मा एकैदिन सबैभन्दा धेरै ९५ हजार ७३५ जना कोरोनाभाइरसबाट संक्रमित भेटिएका थिए । 

भारतमा अहिलेसम्म एक करोड सात लाख ६७ हजार २०६ जना संक्रमित भएका छन् भने एक लाख ५४ हजार ५२२ जनाको मृत्यु भएको छ । 

त्यसैगरी एक लाख ६४ हजार २७८ जना अहिले पनि संक्रमित अवस्थामै रहेको सरकारी अधिकारीहरुले जनाएका छन् । 

विश्वभरमा धेरै संक्रमित भएका देशहरुको सूचीमा भारत दोस्रो क्रममा रहेको छ । भारतमा भन्दा धेरै अमेरिकामा संक्रमित छन् । अमेरिकामा अहिलेसम्म दुई करोड ६९ लाख ११ हजार ३७५ जना संक्रमित भएका छन् ।

त्यस बाहेक तेस्रो धेरै ब्राजिलमा, चौथो धेरै रुसमा र पाचौँ धेरै बेलायतमा संक्रमित रहेको पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ ।  

पछिल्लो विवरण अनुसार विश्वभर १० करोड ३९ लाखभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका र त्यसमध्ये २२ लाख ४८ हजार व्यक्तिको ज्यान गइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू