बिहीबार, वैशाख १३, २०८१
05:10 | ०९:५५

पत्रकारिता छाडेर चलचित्रतर्फ फर्किए भट्ट

नेपाली लिङ्क जनवरी ३०, २०२१

लन्डन । बेलायतमा भर्खरै गठन भएको ‘नेपाल फिल्म सोसाइटी’ यूके शाखाको अन्तरराष्ट्रिय संयोजकमा मिडियाकर्मी राजेन्द्र भट्ट चयन भएका छन् । चलचित्र क्षेत्रमा रमाउंदै आएका भट्ट पछिल्लो समय पत्रकारिता भन्दा बढी चलचित्रतर्फ नै मोडिएका हुन् ।

संयोजकको जिम्मेवारी पाएपछि भट्टले नेपाली लिंकसंग भने ‘मेरो अभिरुचीको विषय चलचित्र क्षेत्र नै हो, केही समय पत्रकारिता क्षेत्रमा आवद्ध भएर आफ्नो दायित्व पुरा गर्ने क्रममा राम्रै सफलता पनि हात परयो । अब फेरि आफ्नै पहिलाको क्षेत्र चलचित्रमा सक्रिय भएर लाग्ने प्रणका साथ फर्केको छु ।’

नेपाली चलचित्र नेपालमै मात्र सिमित रहेर त्यसको भविष्य नभएको उल्लेख गर्दै भट्टले विदेशमा रहेका नेपालीहरुमाझ नेपाली चलचित्र पुरयाउन आफूले संयोजनको भूमिका निर्वाह गर्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन् । भट्टले आफूले निर्माण गरेको फिल्म पनि अन्तिम चरणमा रहेको बताए ।

लन्डनमा छंदा भट्टको पत्रकारिता क्रेज बढेको थियो । अहिले उनी नेपालतिर आफ्नो व्यवसाय र सामाजिक काममा बढी व्यस्त छन् । एनआरएनएमा पनि उनी सक्रिय भएर लागे । खासगरि वाककलामा उनी निपुण र स्पष्ट मानिन्छन् ।

विभिन्न मुलुकमा छरिएर रहेका चलचित्रकर्मीलाई एकवद्ध पार्ने उद्देश्यले अमेरिका पछि बेलायतमा गत वर्षको अन्त्यमा कलाप्रेमी जानकी पन्त जुनको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको थियो  ।

बेलायतमा गठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विक्रमदास जोशी, प्रथम उपाध्यक्षमा कुमुदराज पन्त, द्वितीय उपाध्यक्षमा निरज शर्मा, सचिव मधुसुदन थापा मगर, सह सचिव गणेश गुरुङ, कोषाध्यक्ष माया गुरुङ मिचेल, संयोजक राज खत्री चयन भएका थिए ।

त्यसैगरि सदस्यहरुमा रोमियन वनेम, ध्रुव दत्त, सोहम भेटवाल, देव गुरुङ, टिका अधिकारी, मोहन ओली र तारा गर्बुजा मगर छन् । यसैगरी सल्लाहकारहरुमा एकेन्द्र गुरुङ, सपनकुमार राई, सनमकुमार बैराग, मनिष श्रेष्ठ, विपी खनाल, पुरन गिरी र कुशल श्रेष्ठ छन्  ।

नेपाली फिल्म र कलाकारहरुलाई अन्तरराष्ट्रिय स्तरमा चिनाउन र बजार व्यवस्थापन गर्न ‘नेपाल फिल्म सोसाइटी’ ले महत्वपूर्ण भूमिका निर्वाह गर्ने लक्ष्य राखेको छ । यस संस्थालाई अझ विस्तार रुपले लैजान केही मुख्य देशहरुमा क्षेत्रीय संयोजक राख्ने क्रम जारी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू