शुक्रबार, वैशाख १४, २०८१
05:02 | ०९:४७

बेलायतको स्वीण्डनमा नेपाली समाजको पहलमा स्वास्थ्यकर्मीलाई भोजन

नेपाली लिङ्क जनवरी ३०, २०२१


लन्डन । बेलायतको स्वीन्डनमा स्थानीय नेपाली समाजको पहलमा कोभिड १९ महामारीविरुद्ध फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई भोजन वितरण गरिएको छ ।

नेपाली समाज विल्शायर स्वीन्डनको पहलमा स्थानीय ग्रेट वेस्टर्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई शनिबार खाना वितरण गरिएको हो ।

समाजका अध्यक्ष ज्ञानप्रसाद गुरुङका अनुसार स्वीन्डनमा सञ्चालित तीन वटा नेपाली रेष्टुरेन्ट र एक ग्रोसरी स्टोरको सहयोगमा खाना व्यवस्था गरिएको थियो । शनिबार अस्पतालमा कार्यरत ६० जनाको लागि अस्पतालमै खाना पुर्याइएको उनले बताए ।

स्वीण्डनमा सञ्चालित मम किंग, याक द हिमालयन किचन र दिवालीसहितका तीन रेष्टुरेन्ट र क्याभेन्डिस ग्रोसरी स्टोरले आवश्यक खानाको प्रायोजन गरेका थिए ।

समाजका अध्यक्ष गुरुङसहित सचिव भवानीप्रसाद गुरुङ र खाना संयोजक तील मगरका साथै सहयोगी रेष्टुरेन्ट तथा ग्रोसरीका सञ्चालकहरु पनि खाना पुर्याउन अस्पताल पुगेका थिए ।

समाजका अध्यक्ष गुरुङले समाजका संयोजनमा स्वास्थ्यकर्मीहरुको लागि निशुल्क खाना वितरणका लागि सहयोग गर्ने सबै व्यवसायीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

नेपाली समाज विल्शाय स्वीण्डनले कोरोना महामारीविरुद्ध फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन बेलायतको एनएचएसलाई १० हजार पाउण्डको सहयोग गरेको थियो । समाजले गत क्रिसमसका दिन सडक जीवन बिताइरहेका बेलायतीहरुलाई पनि निशुल्क भोजन गराएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू