शुक्रबार, वैशाख ७, २०८१
15:25 | २०:१०

बेलायतमा ८३ लाख बढीलाई दिइयो कोरोनाको खोप

नेपाली लिङ्क जनवरी ३०, २०२१

लन्डन । बेलायतमा शनिबारसम्म ८३ लाख भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । हालसम्म ८३  लाख ७८  हजार ९४० जनाले खोपको पहिलो डोज लिइसकेका ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।

जसमध्ये चार लाख ८०  हजार ४३२ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।

बेलायतमा हाल फाइजर-बायोएनटेक र अक्सफोर्ड एस्ट्राजेनेकाकाद्वारा विकसित कोरोना विरुद्धको दुईवटा खोप वितरण भइरहेको छ ।

यसका साथै बेलायतले मोडर्ना खोपलाई पनि प्रयोगका लागि अनुमति दिइसकेएपनि उपलब्ध हुन अझै केहि समय पर्खिनुपर्ने बताइएको छ । बेलायतले मोडर्नाको खोप १७ मिलियन डोज सुरक्षित गरिसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू