बिहीबार, चैत १५, २०८०
15:28 | २१:१३

लन्डनको हिमालयन क्लब हुंदै अब धादिङमा क्रिक रिसोर्ट

नेपाली लिङ्क जनवरी ३०, २०२१

लन्डन । बेलायतमा लामो समयदेखि होटल-रेष्टुरेन्ट व्यवसाय चलाइरहेकी एकजना जुझारु र आंटिली महिला गीता भण्डारी रायमाझी यतिखेर धादिङवेशी पुगेकी छन् । लन्डन सड्बरी टाउनको हिमालयन क्लब श्रीमान बल रायमाझीको जिम्मामा छाडेर गीता अत्याधुनिक सुविधा युक्त रिसोर्ट सञ्चालनका लागि गृहनगर पुगेकी हुन् । बेलायतमा लकडाउनका कारण पब, रेष्टुरेन्ट व्यवसाय खस्केपछि गीता अहिले आफ्नो नयां ‘क्रिक रिसोर्ट’ प्रवर्धनमै लागेकी छन् ।

काठमाण्डौंबाट करिब ९० किलोमिटरको दुरीमा अवस्थित राजधानीसंगै जोडिएको धादिङवेसीमा कोरोना महामारीबीच पनि अत्याधुनिक सुविधायुक्त रिसोर्ट 
सञ्चालनमा आएको हो ।

करिब ११ करोडको लगानीमा खोलिएको उक्त रिसोर्ट १० रोपनीको क्षेत्रफलमा छ । गीता भण्डारी रायमाझी, गोविन्द भण्डारी र रामचन्द्र गिरीको संयुक्त लागनी रहेको सो रिसोर्टमा आवास, रेष्टुरेन्ट, स्विमिङ पुल लगायतका अन्य विभिन्न सुविधा उपलब्ध रहेको गीता रायमाझीले जनाइन् ।

४ सय जनासम्म अट्ने क्षमता रहेको ब्यांक्वेटिङ हल, ५० सिट क्षमताको सेमिनार हल तथा ५० जना बसेर खान मिल्ने रेष्टुरेन्ट समेत व्यवस्था गरिएको 
सञ्चालकमध्येका गोविन्द भण्डारीले नेपाली लिंकलाई बताए ।

राजधानीदेखि पोखरासम्मको यात्रा गर्दा मध्यविन्दूमा अवस्थित उक्त रिसोर्टमा स्वदेशी एवं विदेशी पर्यटक आकर्षित गर्ने सञ्चालकहरुको लक्ष्य छ । परिस्थिति नर्मल भएपछि रिसोर्टले नेपालको पर्यटनमा समेत टेवा र थप रोजगारी दिलाउने भण्डारी बताउंछन् ।

तीन वर्षअघि निर्माण कार्य शुरु भएपनि कोरोना महामारीका कारण अवरोध भएकाले सञ्चालनमा ढिलाई भएको  संचालक गीता भण्डारीले बताइन् ।

पछिल्लो समय नेपालमा 
कोरोना प्रकोप घट्दै गएकाले आफू आशावादी भएको उनी बतांउछिन् । निर्माणकार्यको शुरुदेखि नै गोविन्द भण्डारीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र हाल आफू पनि सम्मिलित भएर अघि बढ्ने गीताले बताइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू