शुक्रबार, वैशाख १४, २०८१
11:03 | १५:४८

बेलायती प्रधानमन्त्री आफैंले गरे लकडाउन उल्लंघन

रासस/एएफपी जनवरी २८, २०२१


लन्डन, १५ माघ– लकडाउनका बेला यात्रा गरेको भन्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सर्वत्र आलोचना भएको छ ।

उनले लकडाउनका बेला स्कटल्याण्डको भ्रमण गरेर कोभिड–१९ नियन्त्रणका लागि बनाइएको कानूनको उलङ्घन गरेको भन्दै सर्वत्र आलोचना भएको हो ।

कोरोनाभाइरसको महामारी थप फैलिँदै गएपछि बेलायतमा अहिले देशभरी नै लकडाउन लागू गरिएको छ । जोनसनले लकडाउनको उल्लङ्घन गरेको धेरैको टिप्पणी छ ।

विश्वमै सवैभन्दा पहिला कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको बेलायतमा अहिले पनि दैनिक हजारौं सङ्क्रमित भएका छन् भने सयौँको मृत्यु भइरहेको छ ।

आलोचकहरुले कडा लकडाउनका बेला प्रधानमन्त्री जोनसनले राजनीतिक शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

स्कटल्याण्डकी मुख्यमन्त्री निकोलस स्टर्जनले पनि प्रधानमन्त्री जोनसनको भ्रमण अत्यावश्यक नभएको बताएकी छन् । स्टर्जनले दिएको अभिव्यक्तिका कारण पनि प्रधानमन्त्री जोनसनको भ्रमणको आलोचनाले चर्चा पाएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू