शनिबार, वैशाख ८, २०८१
11:29 | १६:१४

कोरोनाबाट विदेशमा थप ९ नेपालीको निधन

यूकेमा ४ सहित २० देशमा ३२७ को मृत्यु

नेपाली लिङ्क जनवरी २४, २०२१

लण्डन । कोरोना भाइरस संक्रमणबाट एकसाताभित्र विदेशमा थप ९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता यूकेमा ४ जना, कुवेतमा ३, पोर्चुगलमा १ र मलेसियामा १ जनाको निधन भएको हो ।

यससँगै कोरोना भाइरसबाट २० देशमा ३ सय २७ जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले जानकारी दिएको छ ।

संघको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५६ हजार २६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ५३ हजार ४ सय ३२ जना कोरोनामुक्त्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो ।

समितिका अनुसार योसाता बेलायत, पोर्चुगल, स्पेन, पोल्याण्ड, मलेसिया, जापान लगायत मध्यपूर्वमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य समितिले विश्वका विभिन्न मुलुकमा खोप अभियान शुरु भइसकेपनि नेपाल लगायत नेपाली भएका कयौँ मुलुकमा खोप शुरु नभएकोले सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू