शुक्रबार, वैशाख ७, २०८१
01:25 | ०६:१०

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७ हजार  

२४ घन्टामा थप १३४८ को निधन

नेपाली लिङ्क जनवरी २३, २०२१

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप १३४८ कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार सार्वजनिक तथ्याँक अनुसार बेलायतमा कोरोनाबाट मृतक संख्या ९७ हजार नाघेको छ । जसमा कोरोना संक्रमण पुष्टि भएको २८ दिनभित्र मृत्यु भएकाहरुलाई मात्र समावेश गरिएको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको पछिल्लो जानकारी अनुसार बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९७ हजार ३२९ पुगेको छ । सबैभन्दा बढी मृतक संख्याको आधारमा अमेरिका, ब्राजिल, भारत र मेक्सिकोपछि बेलायत पाँचौं स्थानमा छ ।

यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या पनि ३६ लाख नाघेको छ । गएको २४ घन्टामा ३३ हजार ५५२ नयां संक्रमित थपिएका छन् । नयां संक्रमितसंगै जम्मा संख्या ३६ लाख १७  हजार ४५९ पुगेको छ ।

हाल बेलायतका अस्पतालमा झन्डै ३८ हजार संक्रमितको उपचार भइरहेको छ । जसमध्ये चार हजार भन्दा बढीको भेन्टिलेटर बेडमा छन् ।

 ५८ लाख बढीलाई दिइयो खोप

हालसम्म बेलायतमा ५८ लाख ६१ हजार ३५१ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेको स्वास्थ्य विभागको तथ्याँकमा उल्लेख छ । जसमध्ये चार लाख ६८ हजार ६१७ जनाले खोपको दोस्रो तथा अन्तिम डोज पनि प्राप्त गरिसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू