शुक्रबार, वैशाख १४, २०८१
13:41 | १८:२६

यूकेका नेपालीलाई डा विकासानन्दले सुनाए १० सूत्रका ‘भ्याक्सिन’

नेपाली लिङ्क जनवरी २३, २०२१

लन्डन । नेपाली दार्शनिक एवं मनोक्रान्ति योग नेपालका योग गुरु डा. योगी विकासानन्दले मन, शरीर र आत्मालाई बलियो पार्ने १० सूत्र सुनाएका छन् ।

बेलायतस्थित अल्डरसट इम्पावरमेन्ट र क्यान इन्टरनेसनलले शनिबार भर्चुअल माध्यमबाट आयोजना गरेको ‘स्वास्थ्य र खुशी’ सम्बन्धी प्रवचन कार्यक्रमका क्रममा उनले कोभिड महामारीका बेला यी सूत्रले  ‘भ्याक्सिन’ कै रुपमा काम गर्ने बताए ।  

डर, त्रास, रिस र रागबाट उन्मुक्ति, खाना पेय पदार्थ, माया, घाम, ध्यान, व्यायाम आदि मन र शरीरलाई स्वस्थ एवम् खुशी राख्ने सूत्र भएको डा विकासानन्दको भनाइ थियो ।  

त्यसवसरमा उनले कार्यक्रमका सहभागीले राखेका प्रश्नहरुको पनि जवाफ दिएका थिए ।  

कार्यक्रममा संयोजक मान गुरुङले गुरु डा योगी विकासानन्दको संक्षिप्त ‘वायोग्राफी’ सुनाए । कार्यक्रम आयोजनामा सहयोग पुरयाउने क्यान इन्टरनेसनलका निर्देशक डा बलराम ढकाल, हिमालयन योग स्टुडियोका निर्देशक नगेन्द्र नेम्वाङ, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, २१ दिने वेलनेस क्लासमा सहभागी एवम् अल्डरसट इम्पावरमेन्टले विगतमा गरेका कार्यक्रमका सहयोगी समेतलाई उनले धन्यवाद दिए ।  

संयोजक गुरुङले अतिथि वक्ता डा योगी विकासानन्द एवम् कार्यक्रममा उपस्थित सबै सहभागीलाई स्वागत गरेका थिए । कार्यक्रमको प्रश्नोत्तर चरण हिमालयन योग स्टुडियोका निर्देशक नगेन्द्र नेम्वाङले संचालन गरेका थिए ।

कार्यक्रममा सहभागी बेलायतस्थित नेपालीहरुलाई डा योगी विकासानन्दले ‘मेडिटेसन’ समेत सिकाएका थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू