शनिबार, वैशाख ८, २०८१
19:57 | ००:४२

बेलायतमा थप १४०१ को मृत्यु, ४० हजार बढी संक्रमित

नेपाली लिङ्क जनवरी २२, २०२१

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप १४०१ कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार सार्वजनिक तथ्याँक अनुसार बेलायतमा कोरोना मृतक संख्या झन्डै ९६ हजार पुगेको  छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको पछिल्लो जानकारी अनुसार बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९५ हजार ९८१ पुगेको छ । एकसाताभित्र मात्रै आठ हजार ६८६ को मृत्यु भएको छ ।

सबैभन्दा बढी मृतक संख्याको आधारमा बेलायत विश्वमा पाँचौं स्थानमा छ । यसैगरी गएको २४ घन्टामा ४० हजार २६१ नयां संक्रमित थपिएका छन् । नयां संक्रमितसंगै जम्मा संख्या ३५ लाख ८३ हजार ९०७ पुगेको छ ।

एक हप्ताभित्र दुई लाख ६७ हजार ८९२ जना नयां संक्रमित थपिएका छन् । कोरोना संक्रमित संख्या बढेसंगै बेलायतमा खोपलाई तीव्रता दिइएको छ ।

हालसम्म ५३ लाख ८३ हजार १०३ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेको र चार लाख ६६ हजार ७९६ जनाले खोपको दोस्रो तथा अन्तिम डोज लिइसकेका स्वास्थ्य विभागको तथ्याँकमा उल्लेख छ ।

हाल बेलायतका अस्पतालमा ३८ हजार भन्दा बढी कोरोना संक्रमितको उपचार भैरहेको छ  । जसमध्ये तीन हजार ९६० जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू