शनिबार, वैशाख ८, २०८१
01:03 | ०५:४८

डा. योगी विकासानन्दको निशुल्क प्रवचनमा अवसर

नेपाली लिङ्क जनवरी २१, २०२१

लन्डन । नेपाली दार्शनिक एवं मनोक्रान्ति योग नेपालका योग गुरु डा. योगी विकासानन्दले ‘स्वास्थ्य र खुशी’ सम्बन्धि एक प्रवचन दिने भएका छन् । यही शनिबार, २३ जनवरी २०२१ बिहान ९ देखि ११ बजेसम्म निशुल्क प्रवचन हुन लागेको हो ।

जुममार्फत हुने उक्त प्रवचनमा एकसयजना सम्म सहभागिता जनाउन सम्भव भएकाले आयोजकले बेलैमा सिट सुरक्षित गर्न आग्रह गरेका छन् । उक्त कार्यक्रममा सहभागिता जनाउन संयोजक तथा अल्डरसट इम्पावरमेन्टका निर्देशक मान गुरुङलाई सम्पर्क गर्न सकिनेछ ।

कार्यक्रम अल्डरसट इम्पावरमेन्ट र क्यान इन्टरनेशनलले गर्न लागेका हुन् । कार्यक्रमलाई एनआरएनए यूकेको पनि साथ छ ।

संयोजक गुरुङले उक्त कार्यक्रम अल्डरसट इम्पावरमेन्टको फेसबुक पेजबाट समेत लाइभ गरि प्रवचनबाट सकेसम्म धेरैजना लाभान्वित हुन् भन्ने आफूहरुको चाहना रहेको बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू