शनिबार, वैशाख ८, २०८१
12:13 | १६:५८

बेलायतमा झन्डै ५० लाखले लगाए कोरोना खोप

थप १२९० संक्रमितको मृत्यु

नेपाली लिङ्क जनवरी २१, २०२१

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप १२९० जना कोरोना संक्रमितको मृत्यु भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । अघिल्लो दिनको तुलनामा मृतक संख्या ५३० ले कमी भएको हो ।

यससंगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९४ हजार ५८० पुगेको छ । बुधबार एकैदिनमा १८२० जनाको मृत्यु भएको थियो, जुन महामारीयताकै उच्च हो । सबैभन्दा बढी मृतक संख्याको आधारमा बेलायत विश्वमा पाँचौं स्थानमा छ ।

यसैगरी गएको २४ घन्टामा ३७ हजार ८९२ नयां संक्रमित थपिएका छन् । नयां संक्रमितसंगै जम्मा संख्या ३५ लाख ४३ हजार ६४६ पुगेको छ ।

कोरोना संक्रमित संख्या बढेसंगै बेलायतमा खोपलाई तीव्रता दिइएको छ । हालसम्म झन्डै ५० लाख मानिसलाई खोपको पहिलो डोज दिइसकेको स्वास्थ्य विभागको तथ्याँकमा उल्लेख छ ।

जसमध्ये  ४९ लाख ७३ हजार २४८ जनाले पहिलो डोज लिएका छन् भने चार लाख ६४ हजार ३६ जनाले दोस्रो तथा अन्तिम डोज लिइसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू